मनायो महालक्ष्मीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

कार्यक्रममा सामुदायिक स्वास्थ्य स्वयंसेविकाको उल्लेख्य सहभागिता
बुधबार, मंसिर २०, २०८०

ललितपुर । महालक्ष्मी नगरपालिकाले स्वास्थ्य सचेतना कार्यक्रमसहित २० औँ सामुदायिक महिला स्वयंसेविका दिवस मनाएको छ । बागमती प्रदेश सरकारले तय गरेको ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाको संयुक्त प्रयास’ भन्ने नाराका साथ मङ्गलबार उक्त कार्यक्रम आयोजना गरिएको हो । स्वास्थ्य व्यावस्थापन समन्वय समितिका अध्यक्ष एवमं नगर प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा नगरपालिकाको वडा नम्बर ८ लुभुस्थित सामुदायिक भवनमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो । 
जनस्वास्थ्य निरीक्षक भरत बोहराले सञ्चालन गरेको कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवाली, वडा नं ८ का वडाअध्यक्ष विश्वराज श्रेष्ठ, ललितपुर जिल्ला स्वास्थ्य कार्यलयका अधिकृत गोपाल बजगाई, ४५ जना महिला स्वास्थ्य स्वयंसेविका, नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी तथा १० स्वास्थ्य चौकीका इन्चार्जहरुको पनि उपस्थिति रहेको थियो । 

 

mahila swastha syam sebeka1701827903.jpg
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठले पोलियो रोगको निवारण, सरुवा रोगको नियन्त्रण तथा कोभिड १९ लगायतका महामारीको नियन्त्रणमा पनि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान महत्वपूर्ण रहेको चर्चा गरे । 
उनले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले मातृ, नवशिशु, बाल मृत्युदर घटाउन, स्वास्थ्य तथा पोषण सेवाको उपयोगको दर बढाउन एवं संविधान प्रदत्त स्वास्थ्यको मौलिक हकको प्रत्याभूति हुने गरी स्वस्थ नागरिकको अधिकारलाई सुनिश्चित गर्न योगदान गरिरहेका भन्दै महिला स्वयं सेविकाको भूमिकाको उच्च प्रशंसा गरे । 
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले महिला स्वयं सेविकाले नगर भित्र पु¥याएको योगदानको स्मरण गर्दै नगरपालिकाले उहाँहरुको सेवा सुविधाका लागि थप के गर्न सकिन्छ त्यस विषयमा छलफल गर्ने बताए । 

laxmi1701831472.jpg
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवालीले स्वस्थ जीवनशैलीसहित विभिन्न रोगहरुका बारेमा सचेतनामूलक प्रस्तुति दिएको जनस्वास्थ्य निरीक्षक भरत बोहराले जानकारी दिए । महालक्ष्मी नगरपालिका भित्र १० स्वास्थ्य चौकी रहेका छन् । 
आमा र बच्चाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन आवश्यक प्रतिकारात्मक र प्रवर्धनात्मक सेवा पुर्‍याउने उद्देश्यले वि।सं २०४५ सालदेखि सुरु भएको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमले नेपालका स्वास्थ्य क्षेत्रको सहस्राब्दी लक्ष्यमा गरेको प्रगतिमा उल्लेखनीय भूमिका खेलेको छ । 
हाल मुलुक भर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरु रहेको छन् । बागमती प्रदेशमा ९४०० महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले सेवा गरिरहेको छन् । 

viber_image_2023-12-06_08-18-24-3941701831577.jpg
‘स्वस्थ्य नागरिक, गुणस्तरीय जीवनयापन’ बागमती प्रदेश सरकारको लक्ष्य हासिल गर्न महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको योगदानको कदर गर्दै प्रदेश सरकारले चालु आ।व।मा संघीय सरकारको ५० प्रतिशत बीमा भुक्तानीमा बाँकी ५० प्रतिशत बीमा भुक्तानी गरी स्वास्थ्य बीमामा आवद्ध गराएको छ । 
स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच र दिगो विकास लक्ष्य हासिल गर्नका लागि जनताको सबैभन्दा नजिकमा रहेर सहयोग गरिरहेका महिला सामुदायिक स्वास्थ्य सेविकाहरुको योगदानको उच्च सम्मान गर्दै यस वर्ष बागमती प्रदेश सरकारले ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको संयुक्त प्रयास’ भन्ने नारा तय गरी कार्यक्रम गरेको हो । 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार