लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको आठौं दिनमा आइपुग्दा महालक्ष्मी नगरका नौसय महिलालाई सचेतना

मंगलबार, मंसिर १९, २०८०

ललितपुर । लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियान जारी छ । ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि अभियानलाई महत्वका साथ अघि बढाइरहेको छ । यसै सन्दर्भमा आज मंगलबार लुभुमा लैंगिक हिंसाविरुद्धको अभियान सम्पन्न भएको छ ।  लुभुमा आयोजित कार्यक्रम नगर प्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षता तथा उपप्रमुख लक्ष्मी महर्जनको उपस्थितिमा वडा नं ८ का  वडाअध्यक्ष बिश्वराज श्रेष्ठ, वडासदस्यहरु, महिला समूहका प्रतिनिधिसहितको उपस्थिति रहेकाे थियाे ।

Mahi 41701795409.jpg

लुभुमा आयोजित कार्यक्रममा लैङ्गिक हिंसाका विविध पाटोका बारेमा वशिष्ठ अधिकारी तथा साइबर र सामाजिक सञ्जालबाट हुने हिंसाका बारेमा नेपाल प्रहरीकी फुलकुमारी पौडेलले सहभागी महिलालाई प्रशिक्षत गरेकी थिइन् ।
लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको एक्यवद्धता भन्ने नाराका साथ गत मंसिर ९ गतेबाट यो अभियान सुरु भएको हो । लुभुमा आज आयोजित कार्यक्रमका अध्यक्ष एवम् नगर प्रमुख हरिगोविन्द श्रेष्ठले आफूहरु महालक्ष्मी नगरपालिकामा नगरपालिका निर्वाचित भएर आए लगत्तै सम्पूर्ण महिला सबै भन्दा पहिला भन्ने नारा तय गरेको स्मरण गर्दै आज मात्रै ७० जना भन्दा बढी महिला कार्यक्रममा उपस्थित भएको देख्दा आफूहरुले बनाएको नाराले पूर्णता पाएको महसुस भएकाे बताए ।  
'हिंसा अपाङगत भएका, ज्येष्ठ नागरिक, बालबालिका जसलाई पनि हुन सक्छ । महिलालाई मात्र होइन पुरुषहरुलाई पनि हुन सक्छ', उनले भने, 'महिलामाथि धेरै हिंसाका घटना हुने हुँदा सचेतना मार्फत सतर्क बनाउन नगरपालिकाले यो कार्यक्रम तय गरेको हो ।' 

Ma hi 21701795350.jpg
अभियानका क्रममा सिकेका कुरा-ज्ञानलाई आफ्नो कार्यक्षेत्रमा उतार्नु भयो भने मात्रै यो अभियानको सार्थकता रहन्छ उनले भने, 'फलानोको घरमा हिंसा भइरहेको छ मलाई के मतलब भन्ने हाम्रो बानी छ, मेरो घरमा भएकै छैन त मलाई किन चासो भन्ने सोच हामीमा छ ।  उनले भने, 'लैगिक हिंसा जहाँ भए पनि हामी सजक हुनै पर्छ । बसमा जाँदा, बाटोमा जाँदा हिंसा भयो भने हामी सजक हुनै पर्छ । हिंसाका बारेमा सम्बन्धित निकायसम्म पुर्‍याउनै पर्छ । हिंसा भएको अवस्थामा हामी चुप लागेर बस्यौ भने यो प्रशिक्षण गरेको अभियान चलाएको केही अर्थ रहँदैन ।' 

Mahi 111701795422.jpg
'अहिले जताततै महिलामाथि हिंसा भएको घटना मात्रै सुनिन्छ । महिला हिंसाको घटना भयो भने कानुन बलियो भएको हुनाले त्यो घटना बाहिर आउँछ, पुरुषलाई भएको छ भने दबाएर राख्नने गरिन्छ', नगर प्रमुख श्रेष्ठले भने, 'कानुनले पनि महिलाहरुलाई नै बढी अधिकार दिएको छ । बढी अधिकार छ भन्दैमा हिंसा गर्न पाइँदैन । आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् हुने काम हामीले गर्नु हुँदैन । त्यस्तो गरियो भने कानुनलाई नै अप्ठ्यारो पर्ने अवस्था आउँछ ।'

Mahi 51701795394.jpg
हामी कहिले कहीँ के गर्छाै भने कानुनलाई पनि लत्याएर व्यवहारिक पक्षतर्फ जान्छौं उनले भने, लैङ्गिक हिंसा भइसक्यो, तर १० जना मिलेर त्यो केश मिलाइदिन्छौं । त्यसरी हुँदैन । ती १० जनालाई हिंसालाई दबाउने अघिकार छ कि छैन त्यसतर्फ पनि ध्यान दिनुपर्छ । अनि मात्र हामी अगाडि जान सक्छौं । 
कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानकाे आठौं दिन आइपुग्दा करिब नौ सयजनालाई प्रशिक्षत गरिएको जानकारी दिइन् । 
सबै महिलालाई समेटेर महालक्ष्मी नगरपालिकाले कार्यक्रम ल्याउने गरेको छ उनले भनिन्, विकासलाई मात्र अगाडि बढाएर हुँदैन, महिलाका लागि पनि केही गर्नुपर्छ भनेर नगरपालिकाको नगरपरिषद्बाट धेरै बजेट विनियोजना गरेको छ । 

Mahi 61701795409.jpg
'विभिन्न निकायमा गएर महिलाले पनि आवाज उठाउन सकुन भनेर महिला लक्षित कार्यक्रम धेरै राखिएको छ', उनले भनिन, 'महिलाहरु घरमा मात्र सिमित भएर बस्ने होइन, महिलाले परिचय बदल्नु पर्छ । आफ्नो परिचय दिँदा, गृहिणी महिला भनेर परिचय दिने होइन, एउटा व्यवसायी महिला भनेर परिचय दिनुपर्छ । उद्यमी, समाजसेवी, कि हामी जस्तो कानुन निर्माणकर्ता भएर निस्कनु पर्छ भनेर नै नगरपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रमहरु ल्याएको हो ।' 
'लैगिकताका आधारमा हुने हिँसालाई अन्त्य गरौ भनेर अन्तराष्ट्रिय स्तरबाट नै १६ दिने अभियान सुरु भएको हो । यो १६ दिने अभियानले मात्र महिला हिंसा टर्दैन', उनले भनिन्, 'हरेक दिन विभिन्न प्रकारका घटनाहरु घटिरहेको छन् । त्यो हिंसा कस्तो प्रकारको हिंसा हो भनेर हामीले पहिचान गर्न नसकेको अवस्था छ ।' 

ma hi 11701795362.jpg
१६ दिने अभियानका क्रममा सिकेको कुरा आफू सम्वद्ध विभिन्न संघ संस्थामा रहेका दिदी बहिनीहरुलाई सिकाइ दिन अनुरोध गर्दछु उनले भनिन्, 'अभियान सुरु गर्नुको नगरपालिकाको उद्देश्य भनेकै कोही पनि महिलाहरु हिंसा सहेर बस्न नपरोस भन्ने नै हो ।' 
यो अभियानका दौरान हामीले हिंसा पहिचान गर्न सक्यौं', उनले भनिन्, 'हिंसा फरक फरक तरिकाले हुन्छ । आफूलाई मन नपर्ने, मन नपर्दा नपर्दै काम गर्न बाध्य बनाउनु पनि एक प्रकारको हिंसा नै हो । लैगिकताका आधारमा हुने हिंसा पनि छ ।' 
'हिंसा आफू पनि सहनु हुँदैन अरुमाथि पनि गर्नु हुँदैन', उनले भनिन्, 'हिंसामा परेकाहरुलाई पनि उत्थान गर्नुपर्छ भन्ने सोच प्रशिक्षणमा सहभागीहरुमा आएकाे मैले महसुस गरेको छु ।' 

Mahi 31701795386.jpg
'महालक्ष्मी नगरपालिका भित्र लैङ्गिक हिंसाको कुरा सुन्न नपरोस भन्ने उद्देश्यले यति धेरै महत्वका साथ कार्यक्रम गरेको हो', उनले भनिन्, 'कहिँ कतै हिंसा भएको छ भने पहिचान गरी सम्बन्धित ठाउँसम्म लैजाऔ ।' 
महालक्ष्मी नगरपालिकाले लैंगिक हिंसा निवारण कोष नाम दिएर एउटा कोष पनि खडा गरेको छ उनले भनिन, कोषमा वर्षै पिच्छे एक-एक लाख थपिँदै जान्छ । तर अहिलेसम्म त्यो कोषको रकम महिला दिदी बहिनालाई रातह तथा उद्धारमा खर्च गर्नु परेको छैन ।' 
कसैलाई हिंसा भइरहेको छ, उद्धारको जरुरी छ भने नगरपालिकासम्म यो कुरा ल्याइ दिनु हुन म सबैसँग अनुरोध गर्दछु नगर उपप्रमुख महर्जनले भनिन्, 'हिंसा महिलालाई मात्रै होइन पुरुषलाई पनि हुने गर्दछ । महिलामाथि हिंसा भयो भने तत्कालै सार्वजनिक हुने गरेको छ भने पुरुषले हिंसा भएको कुरा भन्न नसकेको अवस्था छ ।' 

Mahi 111701795422.jpg
महालक्ष्मी नगरपालिकामा एक जना पुरुष आफूलाई श्रीमतीले घरबाट निकालेर सडकमा पुर्‍याएको भन्दै गुनासो गर्न आइपुगेको एउटा केश आयो उनले जानकारी दिँदै भनिन् ।  
कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष विश्वराज श्रेष्ठ लैंगिक हिंसाका विभिन्न पाटोका बारेमा सबै सचेत हुनुपर्नेमाा जोड दिँदै अहिले घरै पिच्छे हिंसा हुने गरेको बताए । हिंसाबाट पुरुष पनि पीडित हुने गरेका छन् उनले भने वैदेशिक रोजगारमा गएका पुरुषहरुमाथिको हिंसा डरलाग्दो स्थितिमा छ । 
कार्यक्रममा लुभु खानेपानी समितिका अध्यक्ष रामबहादुर श्रेष्ठ तथा महालक्ष्मी नगर उद्योग वाणिज्य संघका अध्यक्षले पनि लैंगिक हिंसाका विविध पाटोमाथि प्रकाश पारेका थिए । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  २२:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार