नेपाल–भारत सीमामा रहेका स्तम्भहरुको मर्मत सुरू

सोमबार, मंसिर १८, २०८०

विराटनगर । नेपाल र भारतको अन्तरराष्ट्रिय सीमामा रहेका स्तम्भहरुको मर्मतसुरु गरिएको छ । कोशी प्रदेशका सीमामा रहेका स्तम्भहरु मर्मत गर्ने क्रममा झापाबाट सुरु गरिएको हो ।

सशस्त्र प्रहरीको प्राविधिक टोलीले सोमबार झापाको मेचीनगर नगरपालिका–७, सतिघट्टास्थित सीमा स्तम्भमा रङ्ग लगाएर मर्मत सुरु गरिएको हो ।

झापापछि मोरङ र सुनसरीका सीमामा राखिएका स्तम्भहरुको मर्मत गरिने जनाइएको छ । झापाका ५५ स्थानमा दशगजा अतिक्रमण भएको तथ्यांक छ ।

कोशी प्रदेशका विभिन्न जिल्लामा गरी भारतसँग ४३० किलोमिटर लामो खुला सीमा छ । उक्त दूरीमा ९ सय ५७ वटा सीमा स्तम्भ राखिएका छन् ।

कतिपय सीमा स्तम्भ क्षतिग्रस्त भएको, रङ्गबिहीन भएको र पहिचान गर्न कठिन हुने गरेको अवस्थामा मर्मत सुरु गरिएको हो ।

नेपाल र भारतको सीमा कार्यदलबीच जोर अंकका सीमा स्तम्भको मर्मत सम्भार भारतीय पक्षले गर्ने अनि बिजोर अंकको सीमा स्तम्भको मर्मत नेपाली पक्षले गर्ने सहमति भएको छ ।

उक्त सहमतिअनुसार नेपाली पक्षले बिजोर अंक भएका ३ सय १७ वटा सीमा स्तम्भको मर्मत गर्ने जनाइएको । सशस्त्र प्रहरीका नायब निरीक्षक अ१जनीकुमार पोखरेलका अनुसार सीमा सुरक्षाका लागि १ हजार ५ सय जनशक्ति परिचालन गरिएको छ । सरकारले सशस्त्र प्रहरी बललाई सीमा स्तम्भको सुरक्षा र मर्मत सम्भारको जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार