र्‍याम्प हुँदै ह्वीलचियरबाट पाटनदरबार क्षेत्रमा 

ललितपुर महानगर प्रमुख भन्छन्, ‘विश्व प्रसिद्ध सम्पदा देखाउन र्‍याम्प बनायौं’
सोमबार, मंसिर १८, २०८०

ललितपुर । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिको कठिन जीवनयापनलाई सहज बनाउन योजनाबद्ध ढंगबाट काम गरेको दाबी गरेका छन् । अपाङ्गता भएका व्यक्तिको ३२ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा महानगरद्धारा आयोजित कार्यक्रममा उनले त्यस्तो दाबी गरेका हुन् ।

viber_image_2023-12-03_19-02-06-5431701655787.jpg

‘हामीले अपाङ्गता भएका व्यक्तिहरुको जीवन सहज बनाउन केही न केही नयाँ काम गर्दै आइरहेका छौँ, र्‍याम्प राख्ने काम पनि नयाँ हो उहाँहरुलाई सहज होस् भनेर बनाएका हौ । अपाङ्गता दिवस प्रत्येक वर्ष डिसेम्बर ३ मा मनाइन्छ । ललितपुर महानगरले ३२ औं अपाङ्गता दिवसको दिनमा विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा रहेका सुन्दरीचोक, मूलचोक, केशवनारायण चोक, भण्डारखाल बगैंचालगायतका महत्वपूर्ण सम्पदाहरुको अवलोकन गर्ने व्यवस्था मिलाएको थियो । 

viber_image_2023-12-03_19-02-43-7981701655873.jpg
उनले यस वर्ष विश्व सम्पदा सूचीमा समावेश भएको पाटन दरबारभित्रको महत्वपूर्ण सम्पदा अवलोकन गराउने व्यवस्था मिलाएको प्रष्ट पारे । अपाङ्गता भएकाहरुको कठिन जीवनयापनलाई सहज बनाउन आवश्यकता अनुसार नीति निर्माण गरी अघि बढ्ने बताए । 
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले अपाङ्गता भएका व्यक्तिको आवश्यकताप्रति सहजीकरण र समन्वय गर्न तीनै तहको सरकारलाई आवश्यक नीति तथा कार्यक्रम बनाउन प्रेरित गर्ने बताए । 

viber_image_2023-12-03_19-02-43-6431701655861.jpg
ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर महानगर अपाङ्गतामैत्री शहर भएको बताउँदै अपाङ्गताका सवालमा महानगर संवेदनशील भएको बताइन् । उनले अपाङ्गता भएको लागि सहयोगी व्यवस्था गर्ने सन्दर्भमा भएको छलफल अन्तिम चरणमा पुगेको बताइन् । 
स्वबलम्बन जीवनपद्धति केन्द्र ललितपुरका संस्थापक अध्यक्ष तथा अपाङ्गता भएका व्यक्तिको जिल्ला संयोजक भोजराज श्रेष्ठले नेपालमा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको ३२ वर्ष भएको स्मरण गर्दै संघीय सरकारले भत्ताबाहेक अरु सुविधा नदिएको गुनासो व्यक्त गरे ।

viber_image_2023-12-03_19-02-42-6931701655787.jpg

उनले अहिलेको अवस्थामा प्रदेश र स्थानीय तहले अपाङ्गता भएका व्यक्तिका लागि अरु सेवासुविधा उपलब्ध गराउने गरी आवश्यक नीति तथा योजना बनाएर दैनिक जीवनयापनमा सहज बनाइनुपर्नेमा जोड दिए । उनले अपाङ्गताको सवालमा ललितपुर महानगरले धेरै काम गरेको बताउँदै प्रसंशा गरे । 
वि।सं। २०७८ को जनगणना अनुसार नेपालमा अपाङ्गता भएकाको जनसख्या दुई दशमलव आठ प्रतिशत र ललितपुर महानगरमा एक दशमलव छ प्रतिशत रहेको ललितपुर महानगरकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाकी अधिकृत शोभा खरेलले जानकारी दिए ।

viber_image_2023-12-03_19-02-43-1681701655812.jpg

सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ३ लाई अपाङ्गता दिवस घोषणा गरेको थियो । अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवद्र्धन, समावेशीकरण, सशक्तीकरण र अपाङ्गताका विविध सवालमा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वमा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस सन् १९९२ बाट मनाउन थालिएको हो । यस वर्ष ‘दिगो विकास लक्ष्यप्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार