हमासको कब्जामा रहँदाको अनुभव, ‘बेस्सरी भकुर्दै खान दिने, कीरा र जुम्राले टोकेर झिमिक्क गर्न नपाईने'

शनिबार, मंसिर १६, २०८०

काठमाडौं । अक्टोबर ७ मा प्यालेस्टाइनी समूह हमासले बमबारी सुरु गर्दै इजरायलमा हमला सुरु गर्यो । हमासले २० मिनेटको समयमा एकैसाथ ५ सय भन्दा बढी बम खसाल्दा इजरायल भग्नावशेषमा परिणत भयो । हमासको आतंककारी हमलमा परि हजारौं जनाको मत्यु हुनुका हजारौं घाइते र केही वेपत्ता भए । 
इजरायलमा हमासले आक्रमणसँगै शिशुदेखि वृद्ध मानिसहरूलाई बन्धक बनाइएको थियो । 
अहिले हमासले झण्डै एक सय जनालाई बन्धकमुक्त गरेको छ । तर, धेरै बेपत्ता छन् ।  प्यालेस्टाइनाी लडाकु संगठन र गाजाका अन्य समूहहरूले युद्धरत रूपमा कब्जा गरेको अनुमान गरिएको छ । 
हमासले आफ्नो कब्जाबाट रिहा गरेका केही नागरिकले बन्धनमा रहेको बखतका अनुभव साटेका छन् । 
बन्धक रहेका मानिसहरु अँध्यारोमा चुपचाप बस्न बाध्य छन् । थोरै रासन मात्र खुवाइने उनीहरुले बताएका छन् । यसका साथै किरा र जुम्राको हैरानी समेत खेप्नु परेको छ । 

यस्तो छ हमासमले बन्धक बनाएकाहरुको अवस्था 
हमासले गाजा क्षेत्रमा बन्धक बनाएकाहरुलाई रेडक्रस र अन्य मानवीय समूहहरूसँग भेट्न अनुमति दिइएको छैन । परिणामस्वरुप बन्धकका  आफन्तहरूले गाजामा रहेका आफ्ना प्रियजनहरूलाई के भइरहेको भन्ने थाहा पाउन सकिरहेका छैनन् । 
इजरायल र हमासबीचको सम्झौता अनुसार रिहा भएका अधिकांश महिला, बालबालिका र विदेशी कामदार रहेका छन् । बन्धकहरू विभिन्न स्थानहरूमा र विभिन्न समूहहरूको कब्जामा रहेको आशंका गरिएको छ । 
सबै बन्धकहरूलाई एकै किसिमले व्यवहार नगरिएको बताइएको छ। यद्धपी रिहा भएका हरेक नागरिकले आ–आफ्नै भोगाई बोल्दै आएका छन् । 
अस्थायी युद्धविराम सम्झौताले हालसम्म ८१ इजरायली, २३ थाई नागरिक र एक फिलिपिनोसहित १०५ नागरिकलाई हमासको बन्दीबाट मुक्त गरेको छ । इजरायलले गाजामा करिब १३७ बन्धकहरू अझै बाँकी रहेको विश्वास गरेको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार