अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भन्यो, 'विपिन जोसिको अविलम्ब विना सर्त रिहाइ  गरियोस्'

बिहीबार, मंसिर १४, २०८०

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विपिन जोशीको विना सर्त अविलम्ब रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय सरोकारवाला समुदायलाई आग्रह गरेको छ ।
 बिहीबार बसेको समितिको बैठकले विना सर्त विपिनको रिहाइको लागि विज्ञप्तिमार्फत आग्रह गर्ने निणर्य गरेको सभापति राजकिशोर यादवले बताए । 


उनले भने, ‘विपिन जोशीको विना शर्त अविलम्ब रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गरेका छौँ । नेपाल कुनै पनि पक्षधरता देश नरहेको र हामी जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनै पनि कारणविना यसरी बन्धक बनाइनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।’


त्यस्तै समितिको आगामी ६ महिनाको लागि समितिको भावि कार्ययोजना र कार्य प्राथमिकिकरण बनाउन कार्यदल गठन गरेको छ । समिति सभापति यादवको संयोजकत्वमा गठित नौ सदस्यीय कार्यलदले समितिको आगामी कार्य योजना निर्माण र प्राथमिकिकरण गर्ने यादवले जनाकारी दिए । 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  २०:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार