विपिन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री साउद कतार जाने

बुधबार, मंसिर १३, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) कतार भ्रमणमा जाने भएका छन् । इजरायलमा प्यालेस्टाइनी समूह हमासको नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहल गर्न उनी मंसिर २३ गते त्यसतर्फ जाने भएका हुन् । 
यसअघि परराष्ट्र मन्त्री साउदले विपिन जोशीको रिहाइको लागि पहल गरिदिन कतारका विदेश राज्यमन्त्रीसँग आग्रह गरेका थिए । 
विपिन जोशी पढ्दै–कमाउँदै कार्यक्रममार्फत इजरायल पुगेका थिए । 
गत अक्टोवर ७ मा प्यालेस्टाइनी समूह हमासको आक्रमणमा परि १० जना नेपाली विद्यार्थी मारिएका थिए । 
आक्रमणमा परी ६ जना घाइते हुँदा एक जना सम्पर्कवीहिन भएका थिए । 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार