कर्मकाण्डी कार्यक्रमले मात्रै महिला हिंसा न्यून हुँदैन : ललितपुर प्रमुख चिरीबाबु 

बुधबार, मंसिर १३, २०८०

ललितपुर । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कर्मकाण्डी कार्यक्रमले मात्रै महिलामाथि हिंसा न्यून नहुने बताएका छन् ।  लैंगिक हिंसाविरुद्ध अन्तर्राष्ट्रिय १६ दिन अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले उक्त कुरा बताएका हुन् । उनले भने,‘यस्ता कार्यक्रमहरु कर्मकाण्डी हुनु हुँदैन, नतिजामुखी काम हुनुप¥यो ।’ लैंगिक हिंसाको तथ्यांक हेर्दा वृद्धि भएको बताउँदै यी कार्यक्रमहरुले हिंसाको घटना घटाउनुपर्ने उनले बताए । उनले भने,‘ घटनामा कमि नआउनु, कार्यक्रमहरु मात्रै आयोजना हुनु भनेको, मिसयुज अफ पब्लिक मनी हो ।’ 
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि आयोजना हुने कार्यक्रम बिरालो बाँधेर श्रद्धा गरे जस्तो गर्न नहुने बताइन् । उनले भनिन्, ‘त्यस्तो हुँदैन त्यस्तो हुनु हुँदैन ।’ कतिपयले लैंगिक हिंसालाई महिलामाथि हिंसाको रुपमा मात्रै बुझेका बताउँदै उपप्रमुख मञ्जलीले लिंगका आधारमा हुने हिंसा पुरुष र लैंगिक तथा यौनिक अल्पसंख्यकलाई हुने हिंसा पनि लैंगिक हिंसा भएको प्रष्ट पारिन् । 
उनले शारीरिक हिंसा मात्रै हिंसा नभएको बताउँदै मानसिक हिंसाबाट समेत धेरै जन प्रताडित भइरहेको बताइन् । शब्दबाट चोट पु¥याउनु, अरु व्यक्तिको बारेमा नकारात्मक सोच्नुु समेत हिंसा भएको बताउँदै यस्ता हिंसा न्यूनीकरण गर्न प्रत्येकको प्रतिबद्धता आवश्यक भएको प्रष्ट पारिन् । 

WhatsApp Image 2023-11-29 at 10.15.151701236135.jpeg
ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले हिंसा विरुद्ध विभिन्न जनचेतनाका कार्यक्रमहरु आयोजना गरेपछि हिंसाको संख्या न्यून हुन नसकेको बताउनु भयो । ललितपुर जिल्लाका प्रहरी प्रमुख एसएसपी सिद्धी विक्रम शाहले विगत तीन वर्षको तथ्यांकको विश्लेषण गर्दा लैंगिक हिंसाका घटना बढेको बताए ।

पछिल्लो समयसमा परम्परागत तरीकाले हुने हिंसा भन्दा प्रविधिको प्रयोगबाट भएको हिंसाका घटनाहरुको संख्या बढ्दै गएको जानकारी दिए । ललितपुर महानगर महिला, विकास शाखाकी शोभा खरेलले लैंगिक हिंसा विरुद्ध अन्तर्राष्ट्रिय १६ दिने अभियानको सन्दर्भमा महानगरले विभिन्न कार्यक्रम आयोजना गरेको बताइन् । 
नोभेम्बर २५देखि १० डिसेम्बरसम्म विश्वभर नै लैंगिक हिंसा विरुद्धका दिवस मनाइन्छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात महिलाविरुद्धको हिंसा अन्त्यका लागि सन १९९१ मा सेन्टरफोर  ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा महिला अधिकारकर्मीहरुको समूहले गरेको थियो । त्यसपछि नै १६ दिने अभियानको रुपमा मनाइन थालेको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार