कुपन्डोलको गुरुद्वारामा गुरुनानक जयन्तीको विशेष उत्सव

सोमबार, मंसिर ११, २०८०

काठमाडौं । आज शिख धर्मका विशेष गुरुमध्येका प्रथम गुरु नानकको जन्म जयन्ती हो । यसका अवसरमा ललितपुरको कुपन्डोलस्थित गुरुद्वारामा विशेष उत्सव मनाइएको छ । 
उत्सवमा शिख धर्मावलम्बी भेला भए भने भजनकिर्तन गरिएको छ । गुरुद्वारा प्रमुख सरदार प्रीतम सिंहका अनुसार गुरु नानकको जन्मजयन्तीको उत्सवमा सबै धर्मावलम्बी गुरुद्वारामा भेला भए । यस अवसरमा भन्डारा (सामूहिक भोजन) को व्यवस्था गरिएको थियो ।
‘हामी जहिलेदेखि नेपाल आयौं, यसरी नै गुरुनानक जयन्ती मनाउँदै आएका छौं,’ उनले भने, ‘धर्मले शान्तिको सन्देश दिन्छ । हामीले सबै समुदायसँग मिलेर यो सन्देश दिएका छौं । यहाँ शिख मात्र आएनन् आसपासका अरु समुदाय पनि पनि आए ।’ 
गुरु नानक जयन्तीलाई गुरुपर्व पनि भनिन्छ । संसारभरका शिखले श्रद्धाका साथ मनाउने गुरुपर्वका लागि गुरुद्वारामा भन्डारा लगाउन सहयोगहरु पठाउने गरेको जानकारी उनले दिए । 
कार्तिक पूर्णिमाको दिन गुरु नानकको जन्म भएको मानिन्छ । दैनिक पूजाआजाको पवित्र स्थल गुरुद्वारामा प्रभातफेरि र गुरुको महिमा वर्णन गरिएको थियो ।  रात्रिकालिन भजन रहरास साहिब पाठ पनि गुरुद्वारामा गरिएको थियो । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार