चीनका बालबालिकामा स्वासप्रश्वासको समस्या बढ्दै

बिहीबार, मंसिर ७, २०८०

काठमाडौं । चीनमा पछिल्लो समय बालबालिकामा नयाँ लक्षण देखिएको छ । त्यहाँका स्वास्थ्य अधिकारीले अधिकांश बालबालिकामा इन्फ्लुएन्जाजस्ता रोग फैलिरहेको बताएका हुन् । अहिले चीनमा देखिएको नयाँ लक्षणका विषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले बेइजिङसँग रहस्यमय रोग भन्दै सो बारेमा जानकारी माग गरेको छ ।
अहिले चिनियाँ अस्पतालहरु बिरामी बच्चाहरूले भरिएका छन् । अस्पताल पुगेका बालबालिकालाई श्वासप्रश्वासको समस्या देखिएको छ । नेशनल हेल्थ कमिसनका चिनियाँ अधिकारीहरूले नोभेम्बर १२ मा पत्रकार सम्मेलन गरेर चीनमा श्वासप्रश्वाससम्बन्धी रोग बढ्दै गएकोबारे जानकारी भने गराइसकेका थिए ।


डब्ल्यूएचओले बालबालिबामा देखिएको यो रोग कोभिड–१९ का कारण आएको हुन सक्ने अनुमान गरेको छ । बालबालिकामा देखिएको समस्यालाई कोभिडसँग जोडेर अध्ययन गर्नु पर्नेमा डब्ल्यूएचओले जोड दिएको छ ।  
बिरामी बालबालिकाका परिवारलाई उद्धृत गर्दै चिनियाँ समाचार च्यानलले यस रोगको कुनै नयाँ लक्षण नदेखिए पनि बालबालिकाको शरीरको तापक्रम निरन्तर बढ्दै जाने र फोक्सोमा गाँठो बन्ने गरेको बताएका छन् ।  
चाइना डेलीका अनुसार चीनमा श्वासप्रश्वासको संक्रमण बढ्दै गएपछि विद्यालयहरू बन्द गरिएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार