ललितपुर महानगरले  किन्यो दुईवटा अत्याधुनिक दमकल 

नगरप्रमुख चिरीबाबु भन्छन्, ‘अप्ठ्यारो पर्दा जिल्लाभरका स्थानीय तहले प्रयोग गर्न सक्छन्’
बिहीबार, मंसिर ७, २०८०

ललितपुर । ललितपुर महानगरले अत्याधुनिक प्रविधिका दुईवटा दमकल किनेको छ ।  महानगरले बुधबार एक कार्यक्रम आयोजना गरी विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि खरिद गरेको दमकल सार्वजनिक गरेको हो । इसुजी कम्पनीका यी दमकल महानगरले पाँच करोड ६५ लाखमा किनेको हो । दमकल सार्वजनिक कार्यक्रममा बोल्दै ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले विपद्बाट हुने क्षति न्यूनीकरण लागि यी अत्याधुनिक दमकल सहायकसिद्ध हुने बताए । उनले भने, ‘ विपदका घटना भै हाले, क्षति सकेसम्म कम होस् भन्ने हो, कहिँकतै आगलागी भए, यी दमकलले आगो निभाउन सक्छन् । ’ ललितपुर जिल्लाका अन्य स्थानीय तहले पनि ललितपुरले खरिद गरेको यो दमकल प्रयोग गर्न सक्ने बताए । 

370228863_228643020245102_595350118256900966_n (1)1700710965.jpg
कार्यक्रममा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ उपस्थित थिए । ललितपुर महानगरमा अब यो सहित ६ वटा दमकल छन् । यी दमकल उकालो, आरालो जस्तोसुकै बाटोमा पनि जान सक्छन् । एक सय बीस मिटर ‘होरिजेन्टल’ एरियामा  पानीको फोहोरा पुग्न सक्ने क्षमता पेट्रोल पम्पमा लागेको आगो समेत निभाउन सक्छ । महानगर प्रमुख महर्जनले विपद व्यवस्थापन न्यूनीकरण गर्नका लागि महानगरले कुनै पनि काम गर्न बाँकी नराख्ने बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार