धापाखेलको मालिगाउँमा शंखधर शाख्वाको शालिक निर्माण

बिहीबार, मंसिर ७, २०८०

ललितपुर । ललितपुर महानगरपालिका २४ नं. वडा धापाखेलको माली गाउँमा राष्ट्रिय बिभुती शंखधर शाख्वा शालिक निर्माण सकिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाल सम्बत्को नयाँ वर्षका अवसरमा उक्त शालिकको उद्घाटन गरेका थिए । सोही दिन महानगर प्रमुख महर्जनले हरिसिद्धिमा पनि निर्माण गरिएको शंखधर शख्वाको शालिक उद्घाटन गरेका थिए ।

sangka 21700709286.jpg
ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल भाषा मंकाः खलः को ब्यवस्थापनमा यो शालिक निर्माण कार्य गरिएको शालिकसहितको पार्क निर्माणमा खटिएका २४ नं वडा धापाखेलका समाजसेवी महेश गिरीले जानकारी दिए । मंकाःखलःकै संयोजन महानगरका ७ ठाउँ (हरिसिद्धि, धापाखेल, खोकना, बुङमति, ४ नं वडासहित)मा शंखधर शाख्वाको शालिक निर्माण कार्य अघि बढेको बताइएको छ । 
राष्ट्रिय विभूति शंखधर शाख्वाका शालिकसहितको पार्क निर्माणपछि ललितपुर महानगरपालिका वडा नं.२४ धार्मिक पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्र बनेको छ । 
वडा नं २४ स्थित तीनकुने पोखरी दानघाट टोलमा सत्य नारायणको मूर्ति, नवलिङ्गेश्वर महादेव मन्दिर, दुई वटा आकर्षक दह (नाग दह र आँखी दह) नेवारी  संस्कृति झल्काउने राष्ट्रिय बिभुती शंखधर शाख्वाको शालिकसहितको पार्क निर्माण सकिएपछि यो क्षेत्र आन्तरिक पर्यटकहरुका लागि घुमघाम गर्न उपयुक्त थलो भएको छ । sankadha 11700709285.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार