आज छठको मुख्य दिन, सूर्यको पूजा आराधना गरी पर्व मनाइँदै

आइतबार, मंसिर ३, २०८०

काठमाडौं । आज तराई–मधेश क्षेत्रसहित बहुसंख्यक भूभागमा मनाइने छठ पर्वको आज मुख्य दिन सूर्यको पूजा आराधना गरी मनाइँदै छ ।
आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।
छठका लागि तराईका नदी, खोला, पोखरी  सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । छठ पर्वकै उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०६:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार