लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग

सोमबार, कात्तिक २७, २०८०

काठमाडौं । यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देश भित्रको विद्युत् उच्च माग ९पिक डिमाण्ड० १ हजार ४ सय ३८ मेगावाट रेकर्ड गरिएको छ । देशको मागलाई पूरा गरी नेपाल विद्युत प्राधिकरणले हिजो भारततर्फ पाँच सय बढी मेगावाट विद्युत निर्यात गरेको छ । 
नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड १४३८ मेगावाट रेकर्ड भएको जनाएको छ । उक्त समयमा देशभित्रको विद्युतको मागलाई पूरा गरी प्राधिकरणले हिजो बचत भएको ५ सय १७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात पनि गरिएको प्राधिकरणले जनाएको छ ।
गत वर्षको तुलनामा यो पटक लक्ष्मी  पूजाको साँझ १३३ मेगावाटले विद्युतको माग बढेको प्राधिकरणले जनाएको हो । गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १ हजार ३ सय ०५ मेगावाट थियो ।
लक्ष्मी पूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युतको माग १९५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार