अक्सिजन अभाव हुन नदिन भारतबाट आयात

शुक्रबार, वैशाख ३१, २०७८

रूपन्देही । पछिल्ला दुई दिनमा रूपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या घट्ेको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज प्रकाशन गरेको तथ्याङ्क अनुसार सङ्क्रमण दर कम हँुदै गएको छ ।  पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ भने एक हजार चार सय ७८ जनाको आरटिपिसिआर जाँच गर्दा पाँच सय १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लामा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या  तीन सय ३६ र सक्रिय सङ्क्रमितको  संख्या ७ हजार ४ सय ८ जना पुगेको छ । 
सङ्क्रमितमध्ये सबै न्दा बढी तिलोत्तमा नगरपालिकामा ८२ जना महिला र ८३ जना पुरुष गरी एक सय ६५ जना छन् । अहिलेसम्म सबै भन्दा बढी सङ्क्रमण देखिएको बुटवल उपमहानगर पालिकामा पनि सङ्ख्या कम भएको छ । बुटवलमा १ सय ५४ जना सङ्क्रमित छन् । सिद्धार्थनगर नगरपालिकामा ४५ जना, सियारी गाउँपालिकामा ५५ जना, देवदह नगरपालिकामा २६ जना रहेका छन् । यस्तै सैनामैना गाउँपालिकामा ३० जना सङ्क्रमित छन् । ओमसतिया गाउँपालिकामा १० जना, कञ्चनमा १६ जना मायादेवी गाउँपालिकामा चार जना पुरुष, लुम्बिनी साँस्कृतिक नगरपालिकामा दुई जना पुरुष, शुद्धोधन गाउँपालिकामा ६ जना पुरुष र कोटहीमाई गाउँपालिकामा एक जना पुरुष सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा गैडहवा गाउँपालिका, मर्चवारी गाउँपालिका, रोहिणी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या शून्य देखिएको छ । 

अक्सिजन अभाव हुन नदिँन भारतबाट आयात
जिल्लामा अक्सिजन अभाव हुन नदिन भारतबाट आयात गरिएको छ । रूपन्देहीको छिपागढमा रहेको शंकर ग्यास उद्योगले आज भारतबाट लिक्विड ग्याँस आयात गरेको छ । जिल्लामा बढ्दो अक्सिजन ग्याँसको मागलाई धान्न नसकेपछि उद्योगले भारतबाट पाँच सय सिलिन्डर लिक्विड ग्यास आयात गरेको हो ।  बिहान भैरहवा भन्सार कार्यालयमा आवश्यक कागजात प्रक्रिया पूरा गरी अक्सिजन उद्योसम्म पु¥याएको भैरहवा भन्सार कार्यालयमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक तेजबहादुर खत्रीले जानकारी दिए । पछिल्लो समय जिल्लाका तीन उद्योगले अक्सिजनको माग थेग्न नसकेपछि चितवन, विराटनगर तथा पोखराबाट समेत आयात गरिएको छ । शंकर उद्योगले दैनिक पाँच सय सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको थियो ।  यसअघि पनि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहको समनवयमा नेपाली सेनाको  हेलिकोप्टरमा ४० सिलिन्डर ग्याँस ल्याएको थियो ।

अक्सिजन उद्योग निमार्णका लागि क्षेत्रलाई आग्रह

दाङको घोराही उपमहानगरपालिकाले लागत साझेदारी अनुदानमा अक्सिजन प्लान्ट निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गरेको छ । नगर कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको आज बसेको बैठकले अक्सिजन प्लान्ट निर्माणका लागि सबै व्यवसायी तथा अस्पताललाई आह्वान गर्ने र उपमहानगरले लागत साझेदारीमा अनुदान उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए ।  दीर्घकालीनरूपमा अक्सिजन प्लान्ट आवश्यक देखिएको र त्यसका लागि निजी क्षेत्रलाई प्रोत्सान गर्दै उपमहानगरले अनुदानको व्यवस्था गर्ने निर्णय गरेको उनको भनाइ छ । समितिका संयोजक एवं नगरका कार्यबाहक प्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अक्सिजन प्लान्ट निर्माणमा अनुदान, सहकार्य र सहजिकरण गर्ने निर्णय गरेको हो । बैठकले कोरोना महामारीबाट बच्न लकडाउन र स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा विषेश जोड दिन नगरवासीलाई अपिल गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  २१:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार