राजनीतिप्रति कांग्रेस नेता शशांक कोइरालाको असन्तुष्टि, 'एउटा सोच्यो अर्कै हुन्छ' 

शनिबार, कात्तिक २५, २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद डा. शशांक कोइरालाले राजनीतिप्रति निराशा व्यक्त गरेका छन् । काठमाडौंमा शनिबार आयोजित दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा लेखक जयबहादुर श्रेष्ठद्धारा लिखित पुस्तक‘ जय श्लोकमाला’ लोकार्पण कार्यक्रममा उनले  आफूले चिकित्सा क्षेत्रमा जस्तो सन्तुष्टि राजनीतिमा नपाएको बताएका हुन् ।
उनले भने, ‘सेवा गर्नु नै सबै भन्दा ठूलो कुरा हो । मैले मेडिकलमा एक लाख जति अपरेसन गरे । जुन सन्तुष्टि मलाई हुन्छ करौडौ पैसा दिएपनि त्यो सन्तुष्टि मिल्दैन । आजकल म राजनीति गर्दै छु । मेडिकल साईन्स हातमा हुन्छ राजनीति त कहिले पनि तपाईको हातमा हुँदैन्। एउटा कुरा सोच्यो अर्कोतिर लाग्छ ।’
लेखक श्रेष्ठद्धारा लिखित पुस्तक ‘जय श्लोकमाला’ उनको जीवनीमा आधारित गीतिश्लोक संग्रह हो । लेखक तथा पत्रकार विनोद दाहालले सम्पादन गरेको यो गीतिश्लोक झ्याउरे लयमा रचिएको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार