उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बतका सेक्रेटरी वाङबीच भेटवार्ता 

शनिबार, कात्तिक २५, २०८०

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङबीच भेटवार्ता भएको छ । 
शनिबार गृहमन्त्री श्रेष्ठ र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी), तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ नेतृत्वको प्रतिनिधि मण्डलबीच गृह मन्त्रालयमा भेटवार्ता सम्पन्न भएको हो । 

Photo (1) (4)1699710166.jpg
भेटमा सेक्रेटरी छुङछेङले नेपालका प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सि जीन पीङबीच भएको सहमति–सम्झौताको कार्यान्वयन पक्षनै आफ्नो भ्रमणको उद्देश्य भएको बताए ।  
प्रधानमन्त्री प्रचण्ड, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र राजनीतिक दलका नेता र पदाधिकारीसँगको आफ्नो भेट उपलब्धिमुलक रहेको उनले बताए ।  

Photo (3) (2)1699710165.jpg
चीनले नेपालको हरेक समस्यामा साथ दिने, अहिलेको भुकम्पमा पनि पहिलो चरणको सहयोग गरिएको र थप सहयोग गरिने छुङछेङले बताए । 
कोभिडको कारणले केही समय सीमामा समस्या भएपनि हाल पुराना सबै नाका खुलिसकेको, नेपाल र चीनबीचको व्यापार तथा पारवहन सुचारु भैसकेको तथा केही नयाँ नाकाहरू पनि खुलिसकेकोमा उनले खुशी व्यक्त गरे ।  
प्रशासन सुधारका लागि नेपालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई २० मिलियन चिनियाँ रुपैयाँ(आरएमबी) सहयोग गर्ने तयारी अन्तिम चरणमा पुगिसकेको जानकारी समेत उनले दिएका छन् । 
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच सरकार, पार्टी र जनस्तर, तीनैतहमा उत्तिकै ऐतिहासिक एवम् हार्दिक सम्बन्ध रहेको भन्दै नेपालको विपद तथा विकासमा चीनको सहयोग अमुल्य रहेको समेत बताए ।  


भुकम्पमा, कोभिडमा र हाल पनि चीनले गरेको सहयोग अविस्मरणीय रहेकोले यसप्रति उहाँले हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। चिनियाँ राष्ट्रपति सि जीन पीङको नेतृत्वमा अगाडि बढेको बीआरआई परियोजनालाई नेपालले आत्मसात गरिसकेको र यसमार्फत कमजोर अर्थतन्त्र भएका मुलुकको आर्थिक विकासमा टेवा पु¥याउने चीनको नीतिको उनले सराहना पनि गरेका छन् । 
यसका लागि पूर्वाधारको कामलाई प्रभावकारी र व्यापक रुपमा अगाडि बढाउने गृहकार्य पनि सफल भैछाड्ने विश्वास उपप्रधानमन्त्री श्रेष्ठले व्यक्त गरेका छन् । 


नेपालको सीमा मामिला संघीय सरकारले हेर्ने र चीनको सीमा मामिला त्याहाँको केन्द्रीय, प्रान्तीय र इकाई तीनै सरकारले हेर्ने कारणले कहिलेकाही द्वीपक्षीय सरोकारका समस्या आउदा गरिनुपर्ने समन्वयलाई व्यहारिक बनाईनुपर्ने छलफल समेत भेटवार्तामा भएको थियो । 
उपप्रधानमन्त्री श्रेष्ठले विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको चीनले गरिबी निवारण र भौतिक विकासमा गरेको असाधारण प्रगतिबाट नेपालले पनि सिक्न चाहेको बताए । 
बीआरआई सम्मेलनका क्रममा चीनमा आकस्मिक बिरामी पर्दा चिनियाँ सरकार र चिकित्सक एवम् स्वास्थ्यकर्मीले उपचारमा देखाएको तदारुकताबाट आफु धेरै नै प्रभावित भएको उपप्रधानमन्त्री श्रेष्ठको भनाई छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
इलाम-२ मा घण्टीको जमानत जफत
शनिबार, कात्तिक २५, २०८०

भोजपुरमा जिप दुर्घटना
शनिबार, कात्तिक २५, २०८०