राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना र चिनियाँ प्रतिनिधिबीच भेटवार्ता

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ छुङछेङले शिष्टाचार भेट गरेका छन् ।

आज सिंहदरबारस्थित अध्यक्षको कार्यकक्ष संघीय संसद सचिवालयमा उक्त भेट भएको हो ।

तिमल्सिनाले सचिव वाङ छुङछेङ प्रधानमन्त्रीको चीन भ्रमणमा भएको समझदारी र सम्झौताहरुलाई कार्यान्वयन गर्ने वातावरण बनाउनका निम्ति नेपाल आएको बताए ।

यस्तै, उनले भेटमा दुई पक्षीय सम्बन्ध, आर्थिक विकास, नाकाहरु सञ्चालन गर्ने, नेपालको व्यापारलाई अभिवृद्धि गर्नेलगायत समग्र दुई देशको हित र आर्थिक विकासको बारेमा छलफल भएको बताए ।

भेटपछि उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणमा भएको समझदारी, सम्झौताहरुलाई कार्यान्वयन गर्ने कुरामा अगाडि बढ्नका लागि त्यसको वातावरण बनाउन कुरा भएको छ । दुई पक्षीयसम्बन्ध, आर्थिक विकास, नाकाहरु सञ्चालन गर्ने, नेपालको व्यापार अभिवृद्धि गर्ने कुरा छ । व्यापार घाटा कम गर्न घाँस निकासी गरेका छौं, फलफूल निकासी गर्ने, नेपालमा लगानीको वातावरण बनाउने र चिनियाँ उद्यमीहरुले नेपालमा लगानी गर्ने ऊर्जा, उद्योग, पर्यटनको क्षेत्रमा, दुई देशबीच हवाई सेवा नियमित गर्नेलगायत दुई देशको हित र आर्थिक विकासबारे केन्द्रीत भएर भेटवार्ता गरेका छौ ।’

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  २०:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
इलाम-२ मा घण्टीको जमानत जफत
बिहीबार, कात्तिक २३, २०८०

एमालेका सुहाङलाई ६२६४ मतको अग्रता
बिहीबार, कात्तिक २३, २०८०

भोजपुरमा जिप दुर्घटना
बिहीबार, कात्तिक २३, २०८०