राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ छुङछेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । 
राष्ट्रपति भवन शीतलनिवासमा विहिबार भएको सो शिष्टाचार भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसीहितलगायतका विषयमा छलफल भएको थियो । 

WhatsApp Image 2023-11-09 at 16.46.44 (1)1699533394.jpeg
भेटका अवसरमा राष्ट्रपति पौडेलले  दुई देशबीच रहँदै आएको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्दै हालै जाजरकोट र रुकुमपश्चिम जिल्लामा गएको विनाशकारी भूकम्पले ठूलो धनजनको क्षति हुँदा भूकम्पप्रभावितहरुका लागि चीनले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्दै विपद्पश्चातको पुनउत्थान र पुननिर्माणका लागि प्राप्त चिनियाँ सहयोगको प्रशंसा गनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
भेटमा सचिव छुङछेङले नेपालले विगतदेखिनै लिँदै आएको एक चीन सिद्धान्तप्रति आभार व्यक्त गर्नुभएको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
इलाम-२ मा घण्टीको जमानत जफत
बिहीबार, कात्तिक २३, २०८०

एमालेका सुहाङलाई ६२६४ मतको अग्रता
बिहीबार, कात्तिक २३, २०८०

भोजपुरमा जिप दुर्घटना
बिहीबार, कात्तिक २३, २०८०