बिजुली खपतका लागि आन्तरिक बजार प्रवर्द्धन गर्नुपर्छः सचेतक बर्तौला

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले देशमा उत्पादित बिजुली  खपतका लागि आन्तरिक बजार प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित ‘पहिलो विद्युतीय सवारी साधन राइड सेयरिङ एप’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले नेपाल विद्युत उत्पादनको भव्य सम्भावना रहेको देश भएकाले उत्पादित बिजली खपतका लागि आन्तरिक बजारको सुनिश्चितता र प्रवर्द्धन गर्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘नेपाल विद्युत उत्पादनमा धेरै सम्भावना भएको देश हो । उत्पादनको प्रक्रिया चलिरहेको छ । हामीले उत्पादन गरेको बिजुली खपत गर्न आन्तरिक बजारको सुनिश्चितता गर्नुपर्छ । आन्तरिक बजारलाई प्रवर्द्धन गर्न ध्यान दिनुपर्छ ।’

उनले देशको आर्थिक रुपान्तरणको मुख्य स्रोत जलस्रोत भएकाले निजी र सरकारी क्षेत्रबाट विद्युत उत्पादनलाई विषेश महत्व दिन आवश्यक रहेको बताए । 

अब सवारी साधनमात्र नभइ भान्साहरुलाई पनि विद्युतमैत्री बनाउनुपर्ने उनको भनाई छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार