भूकम्प पीडितका लागि चीनले उपलब्ध गरायो २६ करोड बराबरको राहत सामग्री 

बुधबार, कात्तिक २२, २०८०

काठमाडौं । पश्चिम नेपालका भूकम्प पीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज नेपाल आइपुगेको छ ।  चीनले २६ करोड बराबरको विभिन्न सामान पीडितका लागि नेपाललाई हस्तान्तरण गरेको हो ।


भूकम्प पीडितका लागि चाइना सरकारले घोषणा गरेको राहत सामग्री आज उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले हस्तान्तरण गरेका छन् ।


जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राती गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका दुई जिल्लामा ठूलो मानविय र भौतिक क्षति गरेको छ । 
भूकम्पपीडितका लागि चीन सरकारले उपलब्ध गराएको राहत सामग्री लिएर चिनियाँ सेनाका जहाज बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
इलाम-२ मा घण्टीको जमानत जफत
बुधबार, कात्तिक २२, २०८०

भोजपुरमा जिप दुर्घटना
बुधबार, कात्तिक २२, २०८०