फोहोर व्यवस्थापनको प्रविधि र प्रणाली बुझ्न भारतकै सफा सहर इन्दोर पुगे चिरीबाबु 

दुई नगरबीच सहकार्य गर्ने प्रतिबद्धता 
बुधबार, कात्तिक २२, २०८०

भारत (इन्दोर) । भारतका सहरहरुको असल अभ्यासहरुको अवलोकन गर्न यहाँ आएका ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र इन्डोर सहरका मेयर पुष्यमित्र भार्गबबीच भेटवार्ता भएको छ । 
भेटघाटका क्रममा मेयर महर्जनले भारतकै सफा सहर इन्दोरबाट नेपालको हरियालीयुक्त सफा सहरबाट ललितपुरले धेरै कुरा सिक्न बताए । उनले भने, ‘हामी धेरै हिसाबले  एक अर्कासँग मिल्दो जुल्दो छौ, सहरलाई सफा बनाउने यहाँको अभियानबाट प्रभावित भएँ ।’

368126986_181897588309627_1825760874555830171_n1699497725.jpg

महानगर प्रमुख महर्जनले फोहोर व्यवस्थापनको क्षेत्रमा भारतको दिल्ली र अहमदावादसहित इन्दोरबाट समेत आफू प्रभावित भएको प्रष्ट पारे । उनले भने, ‘ हामी ललितपुरलाई हरियालीसहितको स्मार्ट सिटी बनाइरहेका छौं, फोहोर व्यवस्थापनमा केन्द्रित भएर काम गर्न चाहन्छौं ।’ इन्दोरका मेयर पुष्यमित्र भार्गबले महानगरलाई स्मार्ट सिटी बनाउन इन्दोरले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यस अघि महानगरका मेयर चिरीबाबु महर्जन र इन्डोरका म्युनिसिपल कमिस्नर हर्सिका सिंहबीचमा पनि भेटघाट भएको थियो ।

WhatsApp Image 2023-11-08 at 05.48.521699407349.jpeg

भेटघाटको क्रममा इन्दोरलाई सफा सहर बनाउनका लागि गरेको काम बारे बताएकी थिइन् । उनले भनिन्, ‘प्रविधि र प्रणाली दुईको विकास अत्यावश्यक छ ।’ उनले फोहोर बर्गिकरण महत्वपूर्ण विषय भएको बताउँदै त्यसमा ध्यान केन्द्रित गर्न अनुरोध गरिन् ।

महानगर प्रमुख चिरीबाबु महर्जन एक साता अघि वडा नंं.१४ का वडा अध्यक्ष अमृत जंग महत र पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठसहित इन्दोर पुगेका हुन् । भारतका अन्य दुई सहर पुने र गोरखपुर जाने उनको कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ०७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार