भूकम्प प्रभावित क्षेत्रमा पाँचदिनसम्म सिमसहितको निःशुल्क कल र एसएमएस

शनिबार, कात्तिक १८, २०८०

 
काठमाडौं । सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि सिमसहित निःशुल्कउपलब्ध गराउने घोषणा गरेको छ।
हाल भूकम्प प्रभावित रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी गराउँदै  टेलिकमले सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रूपमा सुचारु राख्ने प्रतिबद्धता जनाएको छ ।
टेलिकमले पाँचदिनका लागि नि:शुल्क टेलिकमको सिमसहितको एसएमएस र कल सेवा उपलब्ध गराउने जनाएको हो ।
‘प्रभावित क्षेत्रमा पाँच (५) दिनको अवधिका लागि निःशुल्क भोइस र एसएमएस सेवासहितको निःशुल्क सिम उपलब्ध गराइनेछ । उक्त सिम कम्पनीको सुर्खेत, रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ ।’
उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकताअनुसार निःशुल्क नमस्तेको वाइफालाई सेवा समेत उपलब्ध गराइने टेलिकमले जनाएको छ । 
कम्पनीका सेवा सम्बन्धी समन्वयका लागि निम्न बमोजिम कर्मचारीहरुलाई सम्पर्क गर्न सकिनेछ ।
प्रकाशचन्द्र सिग्देल : 9851021740
जनक डाँगी : 951109955
ओमप्रकाश ढकाल : 9851347870
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार