अपर अरुण आयोजनाको फाइदा सबैभन्दा धेरै स्थानीयले पाउनुपर्छ : अर्थमन्त्री डा. महत

शुक्रबार, कात्तिक १७, २०८०

संखुवासभा । अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि ठूला आयोजना अगाडि बढ्दा स्थानीयवासीको सहयोग र सहभागिता सबैभन्दा महत्वपूर्ण हुने बताएका छन् । 
अपर अरुण अर्धजलाशययुक्तजलविद्युतआयोजनाको कार्यस्थल भोटखोला निरीक्षणका क्रममा मन्त्री डा. महतले भने, ‘यसको फाइदा सबैभन्दा धेरै स्थानीय जनताले पाउनुपर्छ । त्यसपछि जिल्लावासी र त्यसपछि मात्र देशले पाउँछ भन्ने मान्यताका आधारमा यो आयोजना अगाडि बढ्छ । संखुवासभामा निर्माण हुन लागेको १ हजार ६१ मेगावाटको अपर अरुण आयोजना कार्यान्वयनको चरणमा पुगेको छ’, मन्त्री डा.महतले भने ।

Photo aru1699019988.jpeg
संखुवासभावासीका लागि यो महत्वपूर्ण आयोजना हो, अब यो आयोजना अगाडि बढ्छ । हरेक ठूलो आयोजना कार्यान्वयनका लागि पूर्वतयारी महत्वपूर्ण हुन्छ, जुन देखिँदैन’ उनले भने, ‘बाटोको अभावमा आयोजना प्रभावित हुँदैन । जहाँबाट र जसरी पनि श्रोत जुटाएर हामी यो बाटो पनि निर्माण गर्छौ ।’ मन्त्रीडा. महतले भने, ‘यहाँका समस्यालाई चाँडै टुंगो लगाउँछौं । यहाँका स्थानीयले चाहे जति सेयर पाउने छन् ।’ 
अपर अरुण आयोजना भन्दा तल अन्य दुईवटाआयोजना अगाडि बढिरहेको छ । हरेकको समय आउँछ, भोटेखोला र संखुवासभाको समय आएको छ । विश्व बैंकका प्रतिनिधि आहानालगायतको टिम यही आएको छ । यसले आयोजनामा लगानी गर्ने विश्व बैंकको चाहनालाई प्रतिविम्बित गर्छ’ मन्त्री डा.महतले भने, ‘कोशी प्रदेशमा जलविद्युत्ले रुपान्तरणको ठूलो सम्भावना देखिन्छ । यो आयोजना कार्यान्वयन गर्दा स्थानीयले रोजगारी पाउने मात्र होइन, यहाँको जीवनस्तर माथिउकास्न सहयोग पुग्नेछ । स्थानीयको आर्थिक र सामाजिक सभागिताका लागि सम्पूर्ण जिम्मा सरकारले लिन्छ ।’

Photo (1)1699019988.jpeg
आयोजनाको निरीक्षण गर्न मन्त्री डा.महत र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली भोटखोला पुगेको थियो । प्राधिकरणको गौरवको आयोजनाका रूपमा अपर अरुणलाई निर्माण थालिएको हो । मन्त्री डा.महतले भने, ‘ऊर्जा मन्त्रालयले यो आयोजना अगाडि बढाउन धेरै अगाडिदेखि गृहकार्य गरिरहेको छ । अब यो आयोजना कार्यान्वयन तहमा पुग्दैछ । यो आयोजनामा लगानी गर्न विश्व बैंकले चासो देखाएको छ । विश्वबैंकले अन्यदाताहरु प्नि जुटाउँदैछ, त्यसमा एसियाली विकास बैंक पनि पर्छ ।’ 
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विश्वबैंक निर्देशकलगायतको टोली आयोजना स्थल भोटखोला आइपुगेको आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताए । 
आयोजनाले प्रभावित क्षेत्रमा मुआब्जा समेत वितरण गरिसकेको छ । आयोजना प्रभावित क्षेत्रका ७८८ कित्तामध्ये ६९९ कित्ताकाट गरिसकेको छ । आयोजनाका लागि भोटखोलामा दुई हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ ।

Photo arun1699019992.jpeg
जलविद्युत् आयोजनाको अनुमानित लागत दुई अर्ब २६ करोड रुपैयाँ बढी छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ । हाइड्रोपावर निर्माण सुरु भएको ६ वर्षभित्र सम्पन्न गर्ने योजना छ । आयोजनाको ३० प्रतिशतपुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार