हराईरहेका विपिन जोशीको सकुशल फिर्तिको कामना  गर्छु : राष्ट्रसंघका महासचिव गुटेरेस 

आइतबार, कात्तिक १२, २०८०

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा सम्पर्कविहीन भएका नेपाली नागरिक विपिन जोशीको सकुशल स्वदेश फिर्ताको कामना गरेका छन् ।
आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटपछि उनले गुटरेसले हमासको आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दैै जोशीको लागि स्वदेश फिर्तिको कामना गरे । 
इजरायलले सैन्य कारबाही झनै बढाएर गाजामा मानविय सहायतामा समेत कठिनाई भएको भन्दै उनले मानिसहरुको हत्या र घाईते बनाउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । 
उनले भने ‘मानिसहरुको हत्याको कुनै कारण हुन सक्दैन् ।’ सबैपक्षले अन्तराष्ट्रिय मानविय कानूनको सम्मान गर्नु पर्ने भन्दै उनले युद्धरत पक्षलाई तत्काल शान्ति कायम गर्न र कब्जामा रहेकाहरुलाई छोड्न अपिल गरेका छन् । 
हाल गाजाको अवस्था धेरै निराशाजनक रहेको भन्दै उनले सबै पक्षले अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्नुपर्नेमा बताए ।  
 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार