हृदयाघातका कारण चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

शुक्रबार, कात्तिक १०, २०८०

काठमाडौं । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको बिहीबार राती निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको चिनियाँ मिडियाहरुले जनाएका छन् । चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले बिहीबार मध्यरातमा उनलाई हृदयघात भएको जनाएको  छ भने,चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लीलाई अक्टुबर २६ मा हृदयाघात भएको र अक्टुबर २७ को दिन स्थानीय समयअनुसार राति १२ बजेर १० मिनेटमा उनको निधन भएको जनाएको छ ।
ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । ६८ वर्षीय नेता लीको गत मार्च महिनामा प्रधानमन्त्रीको दोस्रो कार्यकाल सकिएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार