स्मार्ट सडक बत्तीले महालक्ष्मी नगरपालिकाको ग्वार्काे–लामाटार सडक खण्ड झिलिमिली

बिहीबार, कात्तिक २, २०८०

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाको ग्वार्काे–लामाटार सडक खण्डमा स्मार्ट सडक वत्ती जडान गरिएसँगै उक्त सडक झिलिमिली भएको छ । नगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँगको लागत साझेदोरीमा उक्त सडक खण्डमा स्मार्ट सडक बत्ती जडान गरेको हो । जडान गरिएका स्मार्ट लाइटको आज बिहीबार उद्घाटन गरिएको छ ।

light maha1697736327.jpg

स्मार्ट सडक बत्तीको आज साँझ एक कार्यक्रमबीच महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द्र श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ तथा नगर उपप्रमुख लक्ष्मी महर्जनले विद्युतिय माध्यामबाट संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सडक बत्ती उदुघाटन कार्यक्रममा विद्युत प्राधिकरणका उच्च अधिकारी, आयोजना प्रमुख, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, नगरपलिका का कर्मचारीहरु, समाजसेवी तथा आम–नागरिकहरुको उपस्थिति रहेको थियो ।

maha @ light1697736304.jpg
महालक्ष्मी नगरपालिकाले आर्थिक वर्ष ०७८-७९ को स्वीकृति वार्षिक कार्यक्रममा ग्वार्काे–लामाटार मूल सडकमा सडकबत्ती जडान कार्यका लागि एक करोड पचास लाख विनियोजन गरेको थियो । विद्युत् प्राधिकरणको प्राविधिक सहयोगमा तयार गरिएको लागत अनुमान २ करोड ४१ लाख ६५ हजारमध्ये प्राधिकरणबाट ४० प्रतिशत र नगरपालिकाबाट ६० प्रतिशतका लागत साझेदारीमा योजना कार्यान्वयन गर्ने गरी सहमति भएको हो ।

light maha 11697736321.jpg
महालक्ष्मी नगरपालिका तथा विद्युत् प्राधिकरणबीच २०७९ जेठ २५ गते सहमति भएको थियो ।  सहमति अनुसार सडक बत्तीको संरचना निर्माणपछि त्यसको नियमित मर्मत सम्भार (५वर्षसम्म) नगरपालिकाले खर्च गरी गरी प्राधिकरणले प्राविधिक पक्षमा सहयोग गर्नुपर्नेछ ।

 maha 31697736316.jpg
स्मार्ट सडक बत्ती प्रयोग गर्दा हुने विद्युत् खपत बापतको रकम महालक्ष्मी नगरपालिकाले प्राधिकरणलाई भुक्तानी गर्नुपर्नेछ । ५.५ किलोमिटर उक्त सडक खण्डको दुबैतर्फ गरी ३५७ वटा बत्ती जडान गर्नका लागि आवश्यक पर्ने स्थानमा ६२ वटा नयाँ पोल गाड्ने सहमति दुई पक्षबीच भएको थियो ।

laxmi1697736298.jpg

maha li 41697736311.jpg

laxmi mam1697736298.jpg

sahabhagi light1697736303.jpg

maha lighat hari laxmi1697736322.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  २३:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार