तल्लो अरुण जलविद्युत् परियोजनाको लागि निजी जग्गा प्राप्तिको लागि स्विकृती प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय

बिहीबार, कात्तिक २, २०८०

काठमाडौं । सरकारले तल्लो अरुण जलविद्युत परियोजना ६६९ मेगावटको लागि आवश्यक १०७.९७ हेक्टर निजी जग्गा प्राप्तिको लागि स्विकृति दिने निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जग्गा प्राप्तिको लागि स्विकृति दिने निर्णय भएको बताएकी हुन् ।  उनले भनिन्,‘तल्लो अरुण जलविद्युत् परियोजना ६६९ मेगावटको लागि आवश्यक १०७ .९७ हेक्टर निजी जग्गा प्राप्तिको लागि स्विकृति दिने निर्णय भएको छ ।’

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार