मारमा कोरियन भाषा पास गरेका नेपाली

कुटनीतिमा असफल सरकार 
बिहीबार, वैशाख ३०, २०७८

लामो समयदेखि कोरिया जाने सपना देखेर कोरियन भाषा  पास गरेर बसेका नेपाली युवाहरु मारमा  परेका छन । र यो बिषयमा न त इपिएस कार्यालयले चासो दियको छ न त सरकारले नै 丨कति युवाहरु डिप्रेसनको सिकार भए भने कतिले कोरिया जाने सपना छाडेर खाडीको यात्रा तय गरिसकेका होलान ? भन्छन् सरकार आफ्नै जोडाघटाउमा ब्यस्त छ हाम्रो पीडा कसले बुझिदिने ?साच्चै सरकार यो विषयमा पुरै बेखबर छ । युवाहरुको यो समस्यालाई लिएर केही सामाजिक अभियान्ताहरुले इपिएस कार्यालयमा गएर आवाज उठाइदिएका पनि  हुन् साथै श्रम मन्त्रालयको ढोका पनि न घचघचाएका होइनन् तर पनि सरकार कानमा तेल हालेर बस्यो  । कोरोनालाई दोष दिएर आफू बच्न खोज्यो丨कोरोनाकै समयममा पनि विद्यार्थी  भिषामा कोरिया जान चाहने युवाहरुलाई जान दिइयो तर कामदार भिसामा जानेहरु जान पाएनन्丨छुट्टीमा आएकाहरु नेपाल बस्न बाध्य भए 丨के राज्यले नागरिकमाथि गर्ने ब्यवाहार यहि हो । अहिले पनि कम्बोडिया र भियतनामबाट कोरियाले समय–समयमा कामदारहरु लागिरहेको छ丨 नेपालबाट चाहिँ कामदार नलैजानुको मुख्य कारण नेपाल सरकारले कुटनैतिक पहल गर्न नसक्नु  नै हो । अर्को कारण नेपालबाट पिसिआर गरेर गएका नेपालीहरुमा पनि कोरिया पुगेपछि कोरोना पोजेटिभ देखिनु रहेको छ丨यसमा पनि दोष राज्यकै रहेको छ丨कोरियाले लकडाउन नगरी कोरोनाकै समयमा पनि चुनाब गराई दियो तर नेपालले भने पिसिआरको  रिपोर्टसम्म सहि दिन सकेन丨 कोरिया अहिले पनि खुल्ला छ, उसले कहिल्यै लकडाउन गरेन丨लकडाउन या निशेधाज्ञा नै कोरोना नियन्त्रणको उपाए होइन देश खुला गरेर तथा भीड नियनत्रणका उपाए अपनाएर पनि कोरोनाको प्रकोपबाट बच्न सकिन्छ भन्ने सन्देश उसले संसारलाई दिएको छ 丨यसबाट पनि हाम्रो देशका शाषकहरुले केही सिक्न जरुरी छ 丨बर्सेनि आउने यस्ता प्रकोपमा देश बन्द गरेर आनन्दले बस्न सुहाउँदैन 丨देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको वैदेशिक रोजगारीलाई सहज बनाउन नेपाल खुल्ला राख्न्ु पर्छ 丨जनता रोगले भन्दा भोकले  मरिरहेका छन् 丨खाना नाना  र छाना अहिलेको आवश्यकता हो 丨कुनै समय कोरियाका जनता  भोकमारीमा परेर खान नपाउँदा नेपालले पठाएको  गहुँ र चामल खाएर बाचेकाहरु अझै जिवितै छन्丨यस्तो गौरवशाली  इतिहास बोकेको देशका जनता एकछाक  खान र कमाउनका लागि विदेश जान नपाउनु कहासम्मको बिडम्बना हो ? आजभन्दा दश वर्ष अगाडिसम्म पनि कोरियनहरुको नजरमा हामी राम्रै देशका नागरिक थियौं 丨उनीहरु आफ्ना छोराछोरीलाई भन्ने गर्थे नेपालीहरु धनि हुन्छन, उनीहरु घुम्नलाई कोरिया आउँछन्, दानी हुन्छन गरिब देशलाई सहयोग गर्छन丨तर केही वर्षयता कोरियनहरुले नेपालको राजनीतिलाई राम्ररी बुझे र भन्ने गर्छन नेपालको सरकार भ्रस्ट छ, त्यो देशमा काम गर्ने वातावरण छैन र यिनीहरु काम गर्नलाई कोरिया आउँछन丨सुन्दा तीतो लागेता पनि यो अहिलेको यथार्थ हो丨यहासम्म की नेपालमा पैसा तिरेपछि पिसिआर रिपोर्ट नेगेटिभ बन्छ, पिसिआर टेष्ट गरिरहनु पर्दैन । 
अन्तराष्ट्रिय स्तरमा यस किसिमको छवि भएपछि नेपाली युवाहरुलाई कोरियाले कामदारको रुपमा लौजाने सम्भावना एकदमै न्यून रहेको देखिन्छ丨तसर्थ नेपाल सरकारले आफ्नो छवि सुधारेर कोरियन भाषा  पास भएका युवाहरुलाई यथाशिघ्र कोरिया पठाउने वातावरण तयार पार्नु आवश्यक छ丨

[लेखक, कोरियन भाषा प्रशिक्षक हुन् । ]
 

 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १५:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
पहिले मान्छे अनि पत्रकार
बिहीबार, वैशाख ३०, २०७८

भारती तिमी छिट्टै निको होऔं 
बिहीबार, वैशाख ३०, २०७८

क्यास नबोक्नु मेरो गल्ती होर ?
बिहीबार, वैशाख ३०, २०७८