मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार वितरण 

सोमबार, असोज २९, २०८०

काठमाडौं । २०७९ सालको मदन पुरस्कार विवेक ओझा र जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई वितरण गरिएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले, ऐँठनका लेखक विवेक ओझालाई मदन पुरस्कार र टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गरेका हुन् ।
ऐँठन विवेकको दोस्रो कृति हो । यसअघि ऐलानी उपन्यास बजारमा ल्याएका विकेकले  ऐँठनमा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तु समेटेका छन् ।
२०७९ सालको जगदम्बा श्री पुरस्कार पाएका टेकवीर मुखियाले नेपाली वाङ्गमय क्षेत्रमा योगदान दिएका छन् । गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार लगायतबाट सम्मानित उनले थुप्रै पेन्टिङ बनाउनुका साथै पुस्तकहरुको कभर र बालपुस्तकहरुमा चित्रकथा कोरेका छन् । उनले संघीय संसदको लोगोको डिजाइन पनि गरेका हुन् । 
मदन पुरस्कार र जगदम्बा श्री दुवै पुरस्कारको नगद राशि चार–चार लाख रुपैयाँ छ । गुठीले यसअघि नै मदन पुरस्कार ऐँठनलाई र जगदम्बा श्री पुरस्कार मुखियालाई प्रदान गर्ने निर्णय गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार