२५४ जनालाई नेपाल ल्याएपछि परराष्ट्रमन्त्री साउदले भने, ‘अन्य जहाजहरू आवश्यकता अनुसार पठाइने छ, कुनै चिन्ता छैन’ 

शुक्रबार, असोज २६, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालीहरूको सुरक्षाका लागि इजरायल सरकारले सक्दो प्रयास गरेको बताएका छन् । २५४ जना नेपालीलाई लिएर त्रिभुवन विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग उनले इजरायल सरकारले आफ्ना नागरिकसँगै नेपाल र अन्य विदेशी नागरिकलाई सुरक्षित राख्न आवश्यक प्रयास गरेको पाएको जानकारी दिए । 

Clip0037T011697154317.JPG
उनले भने, ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छुु ।’
अहिले २ सय ५४ जना नेपाली स्वदेश आएको र आवश्यक परे तत्काल अन्य विमान पठाउने र अन्य नियमित विमानबाट समेत फर्किन सक्ने वातावरण मिलाउन परराष्ट्र मन्त्रालयले गम्भिर भूमिका खेल्ने उने बताए । मन्त्रिपरिषद्ले व्यवसायिक फ्लाइटबाट आउनेहरूको टिकट खर्च व्यहार्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको भन्दै उनले भने, ‘अन्य जहाजहरू आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन । सरकार सगज छ, नेपाली दूताबासलाई निर्देशन गरिसकेको छ ।’
आफूलाई भेट्न इजरायलका मन्त्री आफैं विमानस्थल आएपनि आफू नपुग्दै फर्किनु परेको भन्दै पनि उनले सुनाए । 

Photos1697154226.jpeg

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०५:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार