भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा सरकारको भूमिका बुद्धिमत्तापूर्ण भएन् : सांसद माधव सापकोटा 

बिहीबार, असोज २५, २०८०

काठमाडौं । नेकपा माओवादीका सांसद माधव सापकोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अतिक्रमित भूभाग कालापानीमा गरेको भ्रमणबारे नेपालको कूटनीतिक सक्रियता कम भएको र भूमिका बुद्धिमतापूर्ण नभएको टिप्पणी गरेका छन् । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अतिक्रमित भूमि कालापानी तथा लिम्पियाधुरा क्षेत्रमा बिना जानकारी गरेको भ्रमणको विषयमा सत्ता सञ्चालन गरिरेहेका प्रमुख दल माओदीकै सांसदले छिमेकीलाई विश्वासमा लिन नसकेको र नेपालको कूटनीतिक भूमिका जिम्मेवार र बुद्धिमत्तापूर्ण नभएको तर्क गरे । 
प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘यसमा कूटनीतिक हिसावले हाम्रो सक्रियता, भूमिका अलि जिम्मेवार ढंगले बुद्धिमतापूर्ण तरिकाले कूटनीतिक सक्रियता जरुरी छ भन्ने कुरा यी तथ्यहरूले देखाउँछन् । सरकारले पढेको छ, यो विषय सुनेको छ, म यति भन्न चाहान्छु कि नेपालका तर्फबाट छमेकीहरूलाई विस्वासमा लिदै हाम्रो कूटनीतिक सक्रियता बढाउन जरुरी छ ।’
उनले पछिल्लो समय सांसदहरु मूल विषय भन्दा के भाइरल हुन्छ भन्ने विषयमा बोल्न थालेको भन्दै त्यसले समाजमा राम्रो सन्देश नगएकोले सदनमा बोल्दा विचार गर्नुपर्ने बताए । 
‘के कुरा बोल्यो भने बढी भाइरह हुन्छ भन्ने आधारमा सांसदजिहरुले ज्यादा आफ्ना धारणा राख्न थाल्नुभयो । यसले समाजमा सकारात्मक सन्देश जाँदैन र त्यसमा विचार गरेर सांसदहरुले बोल्नुपर्छ ।’ 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १९:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार