प्रधानमन्त्रीद्वारा इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसंग भर्चुअल कुराकानी, सरकारले चाँडै उद्दार गर्ने आश्वासन 

सोमबार, असोज २२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलको एक बंकरमा ज्यान जोगाएर बसिरहेका नेपाली विद्यार्थीसँग भर्चुअल कुराकानी गरेका छन् । 
प्रधानमन्त्रीको सचिवालयले उपलब्ध गराएको भिडियोमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्, सर्वदलिय बैठक बोलाएर सकुसल नेपाल फर्काउन आवश्यक पहल गरिरहेको बताए । 
उनले भने, ‘मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ । सर्वदलिय बैठक पनि बोलाइएको छ । इजरायली राजदूताबासमा पनि कुरा भइहरेको छ । सायद अहिले परराष्ट्रमन्त्री स्तरमा पनि कुरा होला । यो सबै चाँहि तपाईले त्याँ विद्यार्थीहरुलाई कम्युनिकेट गर्दिनु प¥यो ।’
“सिक्दै कमाउदै’’ कार्यक्रम अन्तर्गत सुदुरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जना विद्यार्थीहरूको टोली प्रमुख  विपिन सुवेदीसँगको मेसेन्जरबाट भिडियो सम्बाद गर्दै उनले सरकारले चाँडै आवश्यक काम गर्ने वचन दिए । 
अहिले बङ्करमा सुवेदीले आफूले इजरायलमा रहेका नेपालीलाई नेपालको पछिल्लो तयारीलगायतका विषयमा जानकारी गराएको बताए । 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार