विद्युत विधेयकमा एमसीसीबारे स्पष्ट नीतिगत व्यवस्था गर्न राप्रपा नेता सिंहको  माग 

आइतबार, असोज २१, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बहादुर सिंहले विद्युत विधेयकमा एमसीसीलगायतको ऊर्जा सम्बन्धित परियोजनालाई समेट्ने गरी स्पष्ट नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 
काठमाडौंमा हिजो आयोजित ‘विद्युत विधेयक २०८०’, अन्तरक्रिया कार्यक्रममा उनले भविष्यमा एमसीसी जस्तै ऊर्जा उत्पादन र विस्तारको क्षेत्रमा हुने परियोजनालाई समेत ध्यानमा राखेर अब बन्ने विधेयकमा स्पष्ट नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरे । 
उनले भने, ‘आज जसरी एमसीसी सम्झौता भयो विभिन्न आरोप–प्रत्यारोप र सडमा अझै हल्ला भैराखेको छन् । यो विषयमा सरकारले स्पष्ट नीति बनाउनुपर्छ । एमसीसी जस्तै भारत, चीन र बंगलादेशले पनि भोलि परियोजना ल्याउछु भन्यो भने हामीले के गर्ने ? यसको नीति चाहिन्छ हामीलाई । गाइडलाइन प्रस्ट रुपमा राख्न सक्नुपर्छ  ।’ 
उनले भने, ‘चाहे कोही रुवाओस् वा हाँसोस् त्योसँग हामीलाई मतलब होइन एउटै टार्गेट राष्ट्र र जनहित हुनुपर्छ ।’ 
साथै उनले माथिल्लो कर्णलीको विद्युत् उत्पादनको प्रोजेक्टमा पहिला अनुमान गरिएको भन्दा सम्झौता गर्दा आयोजनाको क्षमता घटाएर सम्झौता गरेकोमा  विधेयक बनाउँदा त्यसमा संशोधन गर्नुपर्नेमा जोड दिए । 
उनले भने, ‘माथिल्लो कर्णाली आयोजनामा झन्डै ४ हजार १सय ८० मेगावट विद्युत त्यहाँबाट निकाल्न सकिन्छ भन्नुहुन्छ । त्यो पूर्ण क्षमता त्यति नै छ कि छैन त्यो मलाई थाहा छैन्। तर, त्यहि प्रोजेक्टलाई कुनै कम्पनीलाई नौ सय मेगावट विद्युत उत्पादन गर्ने सहमति गरी सम्झौता गर्नुभएको छ ।’ 
उनले भने ‘नेपाल सरकारले त्यो गर्न हुँदैन थियो । हिजोको दिनमा कुनैपनि दबाबमा आएर सम्झौता भएको भएपनि विधेयक बन्दा खेरी त्यो संशोधन गर्नुपर्छ । यसले देशलाई कति हानि गर्छ पूर्व मन्त्रीहरु, विज्ञहरु पनि निधक्क सँग राष्ट्र हितको पक्षमा ओकालत गर्नुपर्छ भन्ने मलाई राख्छ ।’ 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार