अनेक युद्धहरूमा हाम्रा सिपाहीहरू गुमाएका छौँ
यस्तो काम गरौँ कि सबैले सम्झनामा राख्ने छौ
जब बलिदान र त्यागको उल्लेख हुन्छ
युगौँसम्म यो देशले जय अमर जवान भन्नेछ
सिपाहीहरूलाई अवश्य सम्झिनुपर्छ
सिपाहीको हिम्मत हरेक मुटुमा बस्छ
ज्यानको परवाह नगरी देशको सुरक्षाको जिम्मेवारी लिएको कुरा
सम्झाउनु पर्छ सबैलाई उनीहरूको अतुलनीय वीरताका सबै कुरा
सिपाहीको जीवन र कर्तव्यबाट कति धेरै प्रेरित हुनुहुन्छ
इतिहासलाई सम्झिनुपर्छ एक सिपाहीको पीडा कसले बुझ्छ
बलिदान सदैव अमर रहन्छ, बलिदान सधैँ अमर रहनेछ
सिपाही छ र देश जिउँदै छ, देशको शान जिउँदै छ
वीर जवानहरू दिनरात जागा भएर देशको रक्षा गर्छन्
यी सिपाहीको बारेमा सोच्ने मनहरू कहिले थाक्दैनन्
म देशको बहादुर सिपाही हुँ
म सबैलाई हाँसेको मात्र हेर्न चाहन्छु
अनेक युद्धहरूमा हाम्रा सिपाहीहरू गुमाएका छौँ
यस्तो काम गरौँ कि सबैले सम्झनामा राख्ने छौ
जब बलिदान र त्यागको उल्लेख हुन्छ
युगौँसम्म यो देशले जय अमर जवान भन्नेछ
गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी