प्रधानमन्त्री प्रचण्डसँग भाषा आयोगका पदाधिकारीको भेट

बिहीबार, असोज १८, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’सँग भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीहरुले आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराहन भएको छलफलमा उनीहरुले सरकारी काम काजको भाषा सम्बन्धी पहिले भएका सिफारिसहरुमा केही संशोधन गर्नुपर्ने विषय सिफारिस प्रस्तुत गरेका थिए । 

Photo (5) (1)1696514666.jpeg
त्यसैगरी भेटवार्तामा आयोग भित्र रहेका व्यवस्थापनका आन्तरिक समस्या र तिनका समाधानबारे पनि छलफल भएको थियो । 
त्यस्तै,आज नेपाल ट्रष्टका पदाधिकारीहरुले पनि ट्रष्टको नामका रहेको सम्पत्ति र त्यसको उपयोग बारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको छ । 

Photo (6)1696514666.jpeg
छलफलका क्रममा ट्रष्टका सम्पत्तिको अभिलेख राख्ने र उपयोगका विधिबारे पनि चर्चा भएको थियो ।  
त्यसैगरी निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहसहित आएको प्रतिनिधि मण्डलले पनि प्रधानमन्त्रीसँग भेटवार्ता गरेको छ । भुक्तानी सम्बन्धी आफूहरुको मागमा कुनै सुनुवाई नभएको भन्दै उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 
प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरुको मागप्रतिआफ्नो ध्यानाकर्षण भएको र मागको उचित सम्बोधनहुने बताए ।

Photo (1) (2)1696514724.jpeg

Photo (3) (1)1696514702.jpeg

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार