एमसीसी परियोजना कार्यन्वयनमा नेपाल सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल 

बुधबार, असोज १७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजनाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यो परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने समेत बताए ।
परियोजनामार्फत सडक र ऊर्जा सम्बन्धी पूर्वाधार बन्ने र  विद्युतमा समेत सघाउ पुग्ने उनको भनाइ छ । 
नेपाल सन् २०२६ देखि विकाससिल मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको र सन् २०३० मा मध्यम आय भएको मुलुकमा स्तरोन्नतिको चरणमा रहेको भन्दै उनले यस अवधिका अमेरिकाबाट थप सहयोगको अपेक्षा गरेको बताए । 
उक्त कार्यक्रममा अर्थमन्त्री डा‍. प्रकाशशरण महतले एससीसी परियाजना नेपालका लागि महत्वपूर्ण रहेको बताए । 
यसमा एमसीसीको बाहेक नेपालले १९ करोड ७० लाख अमेरिकी डलर आफ्नो स्रोतबाट लगानी गर्ने भएकाले समेत यो नेपालका लागि महत्वपूर्ण रहेको उनको भनाई छ । 

11696432629.jpg

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  २१:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार