सिक्किममा भारी वर्षासँगै आएको बाढीमा परी २३ भारतीय सेना बेपत्ता

बुधबार, असोज १७, २०८०

काठमाडौं : भारी वर्षापछि गएको बाढीमा परी भारतको सिक्किममा २३ भारतीय सेना बेपत्ता भएका छन् । भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन भ्यालीमा एक्कासी बाढी आएको थियो ।

भारी वर्षासँगै त्यहाँ रहेको छुन्थाङ ड्याम भरिएर पानी बाहिर आएको थियो । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार ड्याममा पानीको सतह २० फिट माथि पुगेको छ । त्यसैगरी सेनाको बेसक्याम्पमा पनि क्षति पुगेको जनाइएको छ । 

सेनाको सवारी साधनमा पनि क्षति पुगेको छ । त्यहाँको सेनालाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले भनेको २३ जना सेनाका जवानहरू बेपत्ता भएका छन् । खोजी कार्य जारी राखेको सेनाले उल्लेख गरेको छ । सो स्थान नेपालको सीमा क्षेत्र नजिक एवं विश्वकै तेस्रो उच्च शिखर कन्चन्जङ्गा हिमालको आसपासमा पर्छ । 
०००

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार