विकासमा नाममा गाउँ गाउँ बाटो पुर्‍याउने होडबाजी रोक्नुपर्छ : मन्त्री किराती

बुधबार, असोज १०, २०८०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विकासका नाममा गाउँ गाउँमा बाटो पुर्‍याउने होडबाजीलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । ४४ औं पर्यटन दिवसका अवसरमा बोल्दै उनले भने, ‘विकासको नाममा गाउँगाउँमा बाटो पु¥याउने होडबाजीलाई नियन्त्रण गर्नुपर्छ । योजनाबद्ध ढंगले काम गर्ने हो । हाम्रो न ढंग न रंग । हाम्रो न पुँजी न प्रविधि त्यसैले हामी पछि परेको पर्‍यै र्छौं ।’


उनले देशलाई समयमै बुझ्न सक्नुपर्ने बताएका छन् । पर्यटनको विकास ५ वर्षमा निकै नै राम्रो गर्न सकिने तर आफ्नो कुरा कसैले नसुनेको उनको भनाई छ । 
उनले भने, ‘मैले भनेको कसैले बुझ्दैनन् । नबुझेर नै आज झगडा परिरहेको छ ।’
उनले पर्यटन क्षेत्रलाई अगाडि बढाउन अफसिजनलाई पनि ब्रान्डिङ गर्न सकिने तर नेपालमा अफसिजन भनेर झिङगा मारेर बस्ने गरेको बताए ।


उनले नेपालमा एउटा व्यवसायीले एउटा व्यवसाय दर्ता गर्न ७ वटा मन्त्रालय २२ वटा विभाग २ सयवटा टेवलमा जानुपर्ने प्रवृत्ति भएको बताए ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार