शिक्षा क्षेत्रमा योगदान पुर्याएका ९६२ जनालाई विद्या भूषण सम्मान (सूचीसहित)

मंगलबार, असोज २, २०८०

काठमाडौं । सरकारले शिक्षा क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संघसंस्था गरी ९६२ जनालाई विद्या भूषणबाट सम्मान गरेको छ ।  राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सम्मानित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो । 
विभूषित हुनेहरूमा नेपाल विद्या भूषण ’क’ तर्फ ७९० जना, नेपाल विद्या भूषण ’ख’ तर्फ ७१, नेपाल विद्या भूषण ’ग’ तर्फ ४४ जना, नेपाल छात्रा विद्या पदक ‘क’ तर्फ २८ जना, नेपाल छात्रा विद्या पदक ’ख’ तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ जना गरी कुल ९६२ जना रहेका छन् । 

आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै
‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ । 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ ।
दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकमाुर राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ। दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।
यसबीचमा स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वोत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’ श्रेणीको पदक दिइनेछ । यस्तै छात्रा विद्यापदक पनि प्रदान गरिनेछ ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार