भोलि विद्युत् प्राधिकरणका आय संकलन काउन्टरहरू बन्द हुने

आइतबार, भदौ ३१, २०८०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टरहरु भोलि बन्द हुने भएको छ ।  प्राधिकरणले सूचना जारी गर्दै असोज १ गते विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टरहरु बन्द हुने जानकारी दिएको हो ।
विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन भएको हुदाँ उक्त दिन काउन्टरहरु बन्द गर्न लागिएको हो । 
विश्वकर्मा पूजाको खर्च संकलन र प्रसाद वितरणका लागि भन्दै प्राधिकरणका कर्मचारीबाट दुई सय रुपैयाँको दरले रकम संकलनसमेत गरिएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार