शिक्षा विधेयकविरुद्ध शिक्षकहरु आन्दोलित, देशभर विद्यालय बन्द गर्ने चेतावनी (भिडियो)

शुक्रबार, भदौ २९, २०८०

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै सडक आन्दोलनको घोषणा गरेको छ । 
काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको हो । 

Lachhi Ram Dhakal1694799175.jpg

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषणा गरेको आन्दोलनमा ऐक्यबद्धता व्यक्त गरेका छन् । 
शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायत विषयमा सम्बोधन गर्न नसकेको महासंघको अरोप छ । 

Kamala Thapa1694799175.jpg

त्यस्तै, संस्थागत विद्यालय युनियनका अध्यक्ष होमकुमार थापाले आफूहरू बाध्य भएर असोज ३ गतेदेखि विद्यालय नै बन्द गरेर आन्दोलनमा जान लागेको बताए ।

विद्यालय बन्द हुन हुँदैन, विद्यार्थीको पढाइमा कुनै किसिमको असर पर्न हुँदैन भन्ने हेक्का हुँदा हुँदै पनि बालबालिकाको भविष्य बनाउने कुरामा जोडिएका शिक्षकहरुमाथि विधेयकले विभेद गरेको उनको आरोप छ ।

Kamala Tuladhar 1694799158.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  २३:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार