साँग्रिला अर्फनेज होमको २५ औ वार्षिक साधारण सभा सम्पन्न (भिडियो)    

सोमबार, भदौ २५, २०८०

ललितपुर । साँग्रिला अर्फनेज होमको २५ औ वार्षिक साधारण सभा तथा सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ । भदौ २३ गते शनिबार संस्थाका अध्यक्ष निता शाहीको अध्यक्षतामा साधारण सभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । 
गोदावरी नगरपालिका वडा नं. १० हिमशिखर पार्टी प्यालेसमा आयोजित साधारण सभाको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गरेका थिए । 
कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले यस संस्थाले विभिन्न गरिव तथा असहायहरुलाई भलो र गुण लगाउने कार्य गरिरहेको भन्दै संस्थालाई धन्यवाद दिएका थिए । उनले मुलुकका विभिन्न क्षेत्रमा रहेका बालबालिकाको भविष्य सुनिश्चतता गराउने कार्यमा क्रियाशील यो संस्थाको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए । साधारण सभामा गोदावरी नगरपालिकाका उप मेयर मुना अधिकारी, विभिन्न संस्थाका प्रतिनिधि जस्तै राष्ट्रिय वाल अधिकार परिषद, समाज कल्याण परिषद, गोदावरी नगरपालिकाका ११ का वडाअध्यक्ष, गोदावरी नगरपालिकाका वाल कल्याण अधिकारी, महानगरिय प्रहरी वृत्त चापागाँउका प्रहरी नायव उपरिक्षक, पत्रकार र समाजसेवीहरुको समेत उपस्थित रहेको थियो ।  कार्यक्रममा वोल्दै साँग्रिला अर्फनेज होमका अध्यक्ष निता शाहीले विभिन्न चुनौतिको सामना गर्दे आज २५ औ वर्षमा हामी प्रवेश गरेका जानकारी दिइन् । 
यसै अभियानमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुलाई कृतज्ञता व्यक्त गरिन् । 
आफू पदमा रहे पनि नरहे पनि स्ांस्थालाई निरन्तर सहयोग गरिरहने प्रतिवद्धता समेत उनले व्यक्त गरिन् । 
होममा रहेका बालबालिकाको उज्जवल भविष्यको उनले कामना गर्दे नयाँ अध्यक्षलगायत समितिलाई शुभकामना दिएकी छन् ।    
साधारणसभाले यमुना मरासिनीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा डा.उमेश वोगटी निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा दधिवल थापा निर्विरोध चयन भएका छन् । कोषाध्यक्ष पदमा राजेशलाल अमात्य चयन भएका छन् । त्यस्तै सदस्यहरुमा जुजु भाई महर्जन, बटुक राज मिश्र, लिला गुरुङ्ग निर्विरोध चयन भएका छन् ।  
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार