क्रिकेट हेर्न जनकपुरका विद्यालय बन्द गरिने

सोमबार, भदौ १८, २०८०

काठमाडौं । नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ ।
उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाले जारी गरेको सूचना अनुसार आज २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिईएको छ । 
‘जनकपुरधाम उप महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देश्य अन्तराष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एशिय कपमा नेपाल र भारत सँग हुने खेलमा नेपाल गौरवान्वित महशुश गरेकोले टिमको हौसला बढाउन कुनै पनि कक्षा सञ्चालक नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ । ’ 
आज एसिया कपमा भारत–नेपाल बिच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार