ईन्जिनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न सांसद खानको माग 

मंगलबार, भदौ १२, २०८०

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले सरकारले ईन्जिनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न माग गरेका छन् ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले सरकारले तिरिरहेको भन्दा तीन गुना बढी शुल्क भएर पढ्ने समयमा विद्यार्थीहरू आन्दोलन गर्न बाध्य भएका भन्दै शुल्क फिर्ता गर्न माग गरेका हुन् । 
उनले भने, ‘देशमा ईन्जिनियर विद्यार्थीहरूको शुल्क तिरिरहेको भन्दा तीन गुणा बढी गरिएको हुनाले विद्यार्थीहरू आन्दोलन गर्न बाध्य छन् । यस्तो अवस्थामा देशको भविष्य के हुन्छ ? पढ्ने समयमा विद्यार्थीहरू आन्दोलन गर्न बाध्य छन् । यस्तो बेला देशको नेताहरूले भविष्यको योजना कसरी बनाउनु हुन्छ त्यसैले चाँडो यस्को समाधान गर्न माग गर्दछु ।’
उनले कम्प्युटर शिक्षाको लागि करारमा मात्र राख्ने गरेको भन्दै दरबन्दीमा राख्न समेत माग गरे । 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार