शुल्क वृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थीहरु आमरण अनशनमा 

सोमबार, भदौ ११, २०८०

काठमाडौं । समाजवादी मोर्चा निकटका विद्यार्थीहरू इन्जिनियरिङ अध्ययनमा  भएको शुल्क वृद्धिको विरुद्धमा आमरण अनशनमा बसेका छन् । आईतबार पुल्चोक स्थित इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) को डीन कार्यालय अगाडि उनीहरुकाले शुल्क वृद्धिको विरोधमा आमरण अनशन सुरु थालेका हुन् ।
अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष केशव रावलले विद्यार्थीहरुको मागलाई वेवास्ता गरेपछि समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आमरण अनसन सुरु गरेको जानकारी दिए । 
उनले अध्ययन आयोगले जुन शुल्क वृद्धि गरेको छ । यो खारेज नहुँदासम्म अनसन जारी रहने बताए । 
उनले भने, ‘हाम्रो माग शुल्क वृद्धि खारेज होस भन्ने हो ,त्यसलाई  वेवास्ता गरेर विद्यार्थीको प्रवेश परीक्षासमेत उनीहरुले स्थगित ग¥यो र हामी समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आमरण अनसन सुरु ग¥यौं । अध्ययन आयोगले जुन शुल्क वृद्धि गरेको छ । यो खारेज नहुँदासम्म हामी अनसन बस्छौं ।’
त्रिभुवन विश्व विद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेको शुल्क फिर्ताको माग राख्दै आमरण अनशन सुरु गरेका हुन् । 
अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष केशव रावल, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव रसना यादव र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम सिंहले आमरण अनशन सुरु गरेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार