इञ्जिनियरिङ अध्ययन संस्थानको शुल्क वुद्धि फिर्ता गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन

आइतबार, भदौ १०, २०८०

काठमाडौं । नेपाल विद्यार्थी संघले इञ्जिनियरिङ अध्ययनको शुल्क वुद्धि फिर्ता गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन गरेका छन् । 
आइतबार नेविसंघ निकट विद्यार्थीहरू पोष्टर र प्लेकार्डसहित नाराबाजी गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न पुगेका हुन् । 
प्रदर्शनमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले विश्वविद्यालयहरु धरापमा परेको बताएका छन् । 
उनले भने ‘ हाम्रो विश्वविद्यालय धराप छ । जनताको चासोको विषय यो होईन् । हामी कुनै रहरले पनि आएको हैन् । आज हाम्रो हातमा सर्टिफिकेट छ तर रुदै रुदै खाडी जानु पर्ने अवस्था छ । आज राज्यले शिक्षालाई उपेक्षा गरेको छ । ’ 
इञ्जिनियरिङ अध्ययनको शुल्क घटाउनुपर्ने लगायत विभिन्न सात बुँदे माग राख्दै उनीहरू आन्दोलित भएका हुन् । कक
सबै विश्वविद्यालयको इञ्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने, इन्जिनियरिङ अध्ययन संस्थान आइओइको १४४ प्रतिशत अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि तुरून्तै फिर्ता लिनुपर्ने,त्रिवि र आइओइलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने उनीहरूको माग छ । ०००

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार