महिला विश्वकपको फाइनल आज, इङ्ल्यान्ड र स्पेनबीच प्रतिष्पर्धा हुँदै 

आइतबार, भदौ ३, २०८०

 

काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आज सकिंदैछ । इङ्ल्यान्ड र स्पेनले उपाधिका लागि दिउँसो प्रतिष्पर्धा गरेसँगै प्रतियोगिता सकिने छ । अस्ट्रेलिया रंगशालामा हुने फाइनलमा उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्नेछन् ।  

घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३-१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलोपटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । स्पेनले स्विडेनलाई २१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यी दुबै टोली पहिलो पटक फाइनलमा पुगेका हुन् ।

तेस्रो स्थानका लागि शनिबार ब्रिसबेनस्थित सनक्रप रंगशालामा भएको खेलमा स्वीडेनलाई जित दिलाउन फ्रिडालिना रोल्फो र कोसोभारे एस्लानीले गोल गरे ।

तेस्रो स्थानका लागि स्वीडेन र अस्ट्रेलियाबीच भएको खेलको ३०औँ मिनेटमा रोल्फोले गरेको गोलबाट स्वीडेनले अग्रता बनाएको थियो । ६२औँ मिनेटमा एस्लानीले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारिन् । 

यससँगै दुवै टिमबाट थप गोल नहुँदा स्वीडेनले दोस्रोपटक विश्वकपमा तेस्रो स्थान सुरक्षित गर्न सफल भएको छ । २००३ को उपविजेता स्वीडेनले १९९१, २०११ र २०१९ मा तेस्रो स्थान हासिल गरेको थियो 

२० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सन् १९९१ देखि सुरु महिला विश्वकपमा झण्डै ५ करोड डलर बराबरको पुस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पु¥याइएको छ ।  

 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार