सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ । कोरोनाभाइरसविरुद्ध प्रभावकारी खोप तयार पार्ने विश्वव्यापी प्रयास जारी रहँदा चीनले यस दिशामा केही उल्लेख्य उपलब्धि हासिल गरेको छ । त्यहाँ तयार हुँदै गरेका खोपहरू मध्ये अग्रपङ्क्तिमा रहेको सिनोभ्याक नामक कम्पनीले तयार पारेको खोप देश बाहिर समेत पठाइसकिएको छ । राजधानी बेइजिङ्मा अवस्थित उक्त औषधी निर्माता सिनोभ्याक कम्पनीले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको पहिलो खेप इन्डोनेशिया पुगेको छ । अब त्यहाँ धेरै मानिसहरूलाई उक्त खोप दिने तयारी थालिएको छ । उक्त खोपको दोस्रो खेप १८ लाख मात्रा आगामी जनवरी महिनामा त्यहाँ पुग्नेछ । तर उक्त खोपको परीक्षणको अन्तिम चरणहरू सम्पन्न भैसकेका छैनन् । त्यसैले पनि प्रश्न उठ्छ यो चिनियाँ खोपका बारेमा हालसम्म सार्वजनिक रूपमा थाहा भएका कुराहरू के के छन् त ? सिनोभ्याकले बनाएको कोरोनाभ्याक नाम गरेको खोप निस्क्रिय प्रकृतिको खोप हो । जसले रोगप्रति कुनै गम्भीर प्रतिक्रिया उत्पन्न नहुने गरी मृत भाइरल कणहरूको मद्दतले मानव शरिरको रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउने काम गर्दछ । मोडेर्ना र फाइजरका खोपहरू ‘एमआरएनए भ्याक्सिन’ वर्गमा पर्दछन् जसको अर्थ कोरोनाभाइरसको ‘जेनेटिक कोड’ को केही अंश मानिसको शरीरमा पठाइन्छ । त्यसपछि शरीरले सम्पूर्ण भाइरस नभइ केही भाइरल प्रोटिन मात्र निर्माण गर्न थाल्छ । त्यो शरीरको रोग प्रतिरोधी क्षमतालाई रोगको कारक भाइरसमाथि आक्रमण गर्न प्रशिक्षित तुल्याउन पर्याप्त हुन्छ । दस्तावेजहरूमा उल्लेख भए अनुसार सिनोभ्याकको सकारात्मक पक्ष भनेको त्यो अक्सफोर्डको खोप जस्तै २.८ डिग्री सेल्सियसको तापक्रममा पनि सुरक्षित भण्डार गरेर राख्न सकिन्छ । मोडेर्नाको खोपलाई माइनस २० डिग्री र फाइजरको खोपलाई माइनस ७० डिग्री सेल्सियसमा सुरक्षित भण्डार गर्नु पर्दछ । सिनोभ्याक र अक्सफोर्ड–आस्ट्राजेनेका दुवैको खोप विकासशील देशहरूका लागि धेरै उपयोगी छन् । जहाँ ठूलो मात्रामा खोपलाई त्यस्तो अति न्यून तापक्रमा भण्डारण गर्ने क्षमता सहज रूपमा उपलब्ध छैन । अहिले नै यसबारेमा केही भन्न सकिन्न । प्रतिष्ठित वैज्ञानिक जर्नल ल्यान्सेटमा प्रकाशित विवरणका अनुसार यो कोरोनाभ्याकको प्रथम र दोस्रो चरणका सिनोभ्याकको खोप कत्तिको प्रभावकारी छ ? रीक्षणहरूको नतिजा मात्रै ज्ञात छ । उक्त रिपोर्टका लेखक मध्यका एक झु फेङ्चाइका अनुसार ती अनुसन्धान नतिजाहरू प्रथम चरणमा १४४ जना र दोस्रो चरणमा ६०० जनामा गरिएको परीक्षणबाट प्राप्त तथ्यांक हुन् । त्यसको अर्थ खोप ‘आपतकालीन अवस्थामा प्रयोग गर्नमात्र उपयुक्त’ छ । कम्पनीले अन्तिम चरणको परीक्षण अक्टोबर महिनामा ब्रजिलमा आरम्भ गरेको थियो, जुन नोभेम्बरमा केही समयका लागि रोकिएको थियो । ब्रजिललाई खोप हस्तान्तरण ब्रजिलमा सिनोभ्याकको साझेदार बुटानटान इन्स्टिट्यूटको भनाइमा सिनोभ्याकले १५ डिसेम्बरसम्ममा यो परीक्षणको नतिजा सार्वजनिक गर्न सक्छ । सिनोभ्याकले वर्षमा कति मात्रा खोप उत्पादन गर्न सक्छ ? सिनोभ्याक्ले उस्को नवनिर्मित कारखानामा खोपको वार्षिक ३० करोड मात्रा उत्पादन गर्न सक्ने कम्पनीका अध्यक्षले बताएका छन् । अन्य खोप जस्तै यो चिनियाँ खोप पनि हरेक व्यक्तिले दुई मात्रा लगाउनु पर्छ । अर्थात एक वर्षमा १५ करोड मानिसले मात्र यो खोप प्राप्त गर्न सक्ने देखिन्छ । यो संख्या चीनको जनसंख्याको दश भागको एक भाग मात्र हो । तर चीनले इन्डोनेशियामा खोप पठाइसकेको छ भने टर्की, ब्राजिल र चिलीसँग पनि खोप आपूर्तिका लागि सिनोभ्याकले सम्झौता गरिसकेको छ । खोपको मूल्य कति पर्छ भन्ने स्पष्ट भैसकेको छैन । तर यो वर्ष केही अघि चीनको जिआशिङ् शहरले खोपको दुई मात्राका लागि २०० युआन मूल्य तोकेको थियो जुन हालको विनिमय दर अनुसार झण्डै तीस अमेरिकी डलर वा लगभग ३६ सय नेपाली रूपैयाँ जति हुन्छ । यो अक्सफोर्डको खोपभन्दा धेरै महँगो मूल्य हो । जसको मूल्य प्रति मात्रा चार अमेरिकी डलर पर्छ । तर मोडेर्नाको खोपको दाँजोमा भने त्यो मूल्य कम हो । मोडेर्नाको खोप एक मात्राको ३३ डलर पर्ने बताइएको छ ।–बीबीसी