विद्यालय शिक्षा ऐनका केही व्यवस्थाविरुद्व नेपाल शिक्षक महासंघ पनि आन्दोलनमा 

शनिबार, साउन २७, २०८०

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले चरणवद्ध आन्दोलन घोषणा गरेको छ । महासंघले पत्रकार सम्मेलन गरी विद्यालय शिक्षा ऐन २०८०’ ले प्रबन्ध गरेका केही दफाहरू संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र स्वाभिमानको विरुद्धमा रहेका भन्दै पहिलो र दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो 
महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले पहिलो चरणको आन्दोलन साउन २८ गतेबाट सुरु गर्ने बताए । उनले माग सम्बोधन नभए दास्रो चरणको आन्दोलन पनि सुरु गर्ने जानकारी दिए । 
उनले भने, ‘नेपाल शिक्षक महासङ्घले ट्रेड युनियन अधिकार, उन्नत विद्यालय शिक्षा र शिक्षक–कर्मचारी मैत्री सङ्घीय शिक्षा ऐन अविलम्व संसद्मा दर्ता गर्न समेत माग गर्दै २०८० साउन २८ गतेबाट आन्दोलन सुरु गर्ने निर्णय गरेको छ ।’
उक्त मस्यौदाले शिक्षक महासङ्घ र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका सहमतिलाई समग्रमा समेट्न नसकेको महासंघको गुनासो छ । 

महासंघको पहिलो चरणको कार्यक्रमहरू : 
१. पालिका कार्यालयमा धर्ना : वि.सं. २०८० साउन २८ गते आइतबार देशका हरेकमा पालिका कार्यालयमा सम्बन्धित पालिकाका शिक्षक–कर्मचारी उपस्थित भई ३ घण्टा (११ः०० बजे देखि २ः०० बजेसम्म) धर्ना दिने । धर्नाको समापन सँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छाँयाप्रति सहित केन्द्रबाट पठाएको जानकारीपत्र पालिका समक्ष पेश गर्ने । कार्यक्रमको संयोजन महासङ्घ र आबद्ध÷सम्बद्ध संस्थाका पालिका समितिले गर्ने ।
२. जिल्ला समन्वय एकाइमा धर्ना : वि.सं. २०८० साउन ३० गते मंगलबार देशका हरेक जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा सम्बन्धित जिल्लाका शिक्षक–कर्मचारी उपस्थित भई ३ घण्टा (११ः०० बजे देखि २.००बजेसम्म) धर्ना दिने । धर्नाको समापन सँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छाँयाप्रतिसहित केन्द्रबाट पठाएको जानकारी पत्र पेश गर्ने । कार्यक्रमको संयोजन महासङ्घको जिल्ला समिति तथा यसका आबद्ध ÷ सम्बद्ध संस्थाका जिल्ला समितिले गर्ने ।
३. प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना : वि.सं. २०८० साउन ३२ गते मंगलबार सबै प्रदेशका महासङ्घ तथा यसका आबद्ध÷सम्बद्ध संस्थाका प्रदेश समिति तथा जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू जम्मा भई प्रदेशको सामाजिक विकास मन्त्रालयमा ३ घण्टा (११ः०० बजे देखि २ः०० बजेसम्म) धर्ना दिने । धर्नाको समापन सँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छाँयाप्रतिसहित केन्द्रबाट पठाएको जानकारी पत्र पेश गर्ने । कार्यक्रमको संयोजन महासङ्घको प्रदेश समिति तथा आबद्ध÷सम्बद्ध संस्थाका प्रदेश समितिले गर्ने ।
४. संसद् सदस्यलाई जानकारी तथा पक्षीकरण : वि.सं. २०८० भदौ १ गते शुक्रबार सबै प्रदेश तथा सङ्घीय सांसद समक्ष सम्बन्धित जिल्लाका महासङ्घ तथा आबद्ध÷सम्बद्ध संस्थाका नेतृत्वले ३० बुँदे र ५१ बुँदे सहमतिका छाँयाप्रति बुझाउँदै सङ्घीय शिक्षा ऐन निर्माणमा विद्यालय शिक्षा र शिक्षक–कर्मचारीका माग मुद्दाको पक्षीकरणमा सहयोग गर्न आग्रह गर्ने ।
५. केन्द्रमा पक्षीकरण : यो अवधिमा महासङ्घ राष्ट्रिय समिति तथा आबद्ध÷सम्बद्ध संस्थाको मुख्य नेतृत्वले नेपाल सरकार, राजनीतिक दलका मुख्य नेता, संसदीय दलका प्रमुख सचेतक, संसदको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिका सांसदहरूसँग अन्तरक्रिया, भेटघाट, छलफल तथा पक्षीकरण गर्ने ।

दोस्रो चरण :
१. काठमाडौंमा बृहत् प्रदर्शन : नयाँ सङ्घीय शिक्षा संसद्मा दर्ता भएको पाँचौं दिनबाट देशभरिका शिक्षक– कर्मचारी उपस्थित भई काठमाडौंमा लगातार बृहत् विरोध प्रदर्शन गर्ने ।
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०६:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार